१ कार्तिक, बैगुनधुरा । आयोजक गतिशील युवा क्लवलाई हराउँदै केर्खा एफसी बैगुनधुरामा जारी दोस्रो खुल्ला आमन्त्रित नक आउट फुट्बलको सेमीफाईनलमा प्रवेश गरेको छ । गौरादह ९ बैगुन्धुरा स्थित अमर मा.विको खेल मैदानमा आज भएको उद्घाटन खेलमा केर्खाले बैगुनधुरालाई १-० ले पराजित गरेको हो । केर्खाका लागि एकमात्र गोल विशाल पाण्डेले गरे । निर्णायक गोल गरेका पाण्डे म्यान अफ द म्याच घोषित भए । उनलाई जनरल इन्स्योरेन्स कम्पनिका प्रबन्धक राजेश भट्टराई ले पुरस्कार प्रदान गरेका थिए ।
भोलि हुने दोश्रो खेलमा लिटल कृकस एफसि दमक र उर्लाबारी एफसि उर्लाबारी भिड्ने आयोजकले जनाएको छ । खेल दिउँसो ३ बजे सुरु हुनेछ।
Advertisement







