• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हर्चनास्थित नमुना टोलको भूमि र शिक्षाको समस्या सम्बोधन गर्न राजनीतिक दलले पहलकदमी लिने


  •    संवाददाता/ बिहिबार, असोज १३, २०७९  

  • झापा ।  बिर्तामोड नगरपालिका ७ हर्चनास्थित नगर गौरव नमुना टोलको भूमि तथा शिक्षाको समस्या सम्बोधन गर्न नगरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    टोलका विद्यालय जाने उमेर पुगेका तर, विद्यालय जानबाट बञ्चित रहेका बालबालिकालाई टोल नजिकै नियमित पठनपाठनको व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ । त्यसका लागि उनीहरुले नमुना टोलमा सामुदायिक भवन समेत हुनेगरी बाल विकास केन्द्र स्थापनाको पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    Advertisement

    नमुना टोलका ४ देखि ८ वर्ष उमेर पुगेका करिब ३५ जना बालबालिका नियमित विद्यालय जादैनन् । टोलदेखि करिब दुई किलोमिटरको दूरीमा मात्र विद्यालय रहेकाले उक्त टोलका विद्यार्थी नियमित विद्यालय नगएका हुन् ।

    Advertisement

    बिर्तामोड–भद्रपुर सडक हुँदै विद्यालय जानुपर्ने अवस्था रहेकाले दुर्घटना हुने डरले टोलका अधिकांश अभिभावक आफ्ना छोराछोरीलाई विद्यालय पठाउदैनन् । टोलमै बाल विकास केन्द्र सञ्चालनमा ल्याएर विद्यालय जानबाट बञ्चित रहेका सबै बालबालिकालाई नियमित शिक्षा प्रदान गर्नेगरी स्थानीय सरकारसहित सरोकारवाला समक्ष पहल गर्ने उनीहरुको भनाई छ ।

    त्यस्तै टोलमा बसोबास गर्ने ३७ परिवारलाई सम्झौता बमोजिम जग्गा उपलब्ध गराउने विषयमा पनि पहल र समन्वय गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले बताएका छन् । जग्गा दाता धनजुजु श्रेष्ठले उपलब्ध गराएको एक बिघा ३ कट्टा भन्दा बढी जग्गालाई कित्ता काट गरी बसोबास गर्ने परिवारलाई नै जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउनेगरी पहल गर्ने उनीहरुको भनाइ छ ।

    ‘सामुदायिक भवन समेत हुनेगरी टोलमै बाल विकास केन्द्र सञ्चालन गर्न कुनै समस्या छैन् । भवन निर्माण गर्न सकियो भने नगरपालिकाले दुई जना बाल शिक्षक राखेर बाल विकास केन्द्र चलाउन सक्छ’ नेकपा एमाले झापाका सचिवालय सदस्य देवराज कार्कीले भने । उनले टोलबासीलाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने विषय पनि सजिलो रहेकाले सबै पक्ष जुटेर समस्या समाधान गर्न सकिने दाबी गरे । ‘नमुना टोलमा देखिएका समस्याहरु गंभीर छन् ।

    तर, असम्भव छैनन् । ३०–३५ जना बालबालिकाले शिक्षा पाउने विषय गंभीर विषय हो । एउटा बाल विकास केन्द्र सञ्चालन गर्न सकियो भने त्यो सहजै सम्बोधन हुन्छ । त्यस्तै टोलबासीलाई जग्गाधनी पूर्जा दिने कुरामा दाता परिवारबाट कुनै समस्या छैन् । नगरपालिका, राजनीतिक दल, टोलबासी, सरोकारवाला निकाय सबै जुट्ने हो भने जग्गाधनी पूर्जा दिने काम पनि तत्कालै समाधान गर्न सकिन्छ’ उनले भने ।

    एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले टोलबासीको समस्याबारे आफू जानकार रहेको बताए । उनले शिक्षा र जग्गाधनी पूर्जा उपलब्ध गराउनेबारे पार्टीको तर्फबाट बिर्तामोड नगरपालिकामा विषय प्रवेश गराएर सम्बोधन गराउने प्रक्रियामा अघि बढाईसकेका बताए । उनले टोलमा बाल विकास केन्द्र सञ्चालन गर्न नगरपालिका सहमत रहेको तथा सरोकारवाला सबैको सहभागीतामा टोलबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने काम पनि तत्काल समाधान गर्नेगरी आफू निरन्तर लागिरहेको बताए ।

    नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बाले नमुना टोल वास्तवै नमुना बनाउनुपर्ने जिकीर गरे । उनले शिक्षाबाट कोही बालबालिका बञ्चित हुन नहुने भएकाले तत्काल टोलमै बालविकास केन्द्र स्थापना तथा सञ्चालनको लागि नगरपालिका अग्रसर हुनुपर्ने धारणा राखे ।

    नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष श्री सिटौलाले अतिविपन्न परिवार बसोबास रहेको नमुना टोलका बालबालिकालाई शिक्षाबाट बञ्चित गर्न नहुने बताए । उनले त्यसका लागि नगरपालिका गम्भीर हुनुपर्ने बताए ।

    छलफलमा माओवादी केन्द्रका नगर उपाध्यक्ष जनबहादुर जवेगु, लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष लखन राजवंशी, सहारा नेपालका टीपी शर्मा, नमुना टोल निर्माण समितिका अध्यक्ष युवराज गौतम, नगर गौरव नमुना टोल विकास संस्थाका अध्यक्ष शंकर चौधरीलगायक सहभागी थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.