बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजारमा रहेको महेन्द्र रत्न माविका अटिजम श्रोत कक्षाका विद्यार्थीहरुलाई दशैंको उपलक्ष्यमा टीका तथा बिधाई कार्यक्रम गरिएको छ ।
विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थी मध्ये नियमित विद्यालयमा रहेका १६ जना विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरि दशैं टीका, दक्षिणा र खानपान सहित बिधाइ गरिएको हो ।
कार्यक्रममा वडा ३ का वडाध्यक्ष मदन बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सेढाई विद्यालयका प्रधानाध्यापक खड्ग खरेल र अविभावकहरुको समेत उपस्थिति थियो ।
अटिजम श्रोत कक्षामा अध्यनरत विद्यार्थीहरुको हेरचाह र बिकासका लागि नगरपालिकाले समेत सहयोग गरिरहेको शिक्षक नवराज दाहालले वताए ।
साथै विद्यालयले बडा दशैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष टंक सेढाईको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा शिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।







