झापा । अर्जुनधारा १० कालीझोडा स्थिीत प्रगती सामुदायीक बनमा अधबैशे पुरुषको शव फेला परेको छ । अन्दाजी ५० ÷ ५२ बर्षका जस्तो देखीने पुरुषको शव घोप्टो परेको अवस्थामा फेला परेको हो ।
आईतबार बिहान जंगल भएर आवतजावत गर्ने स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खवर गरेका हुन् । मृतकको सनाखत हुन बाँकि रहेको र घट्नाबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाका प्रबक्ता डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।
Advertisement







