झापा । कन्काइ नगरपालीकाले कर्मचारीसग बिश्वकर्मा पूजा मनाएको छ ।
कन्काइ नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेल लगायत नगरका सम्पुर्ण चालकहरु , इन्जिनियर लगायत कर्मचारीहरुको उपस्तिथिमा सामुहिक पुजा गरिएको थियो ।
पुजा कार्यक्रममा प्रमुख पोखरेलले यो पर्वले कर्मचारी बिचको सम्बन्ध झन सुमधुर रहने समेत बताउनु भएको छ ।
Advertisement

हरेक बर्ष आजकै दिन फलाम सम्बन्धि काम गर्नेले यो पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् ।







