• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कुचो व्यवसायी संघको साधारण सभा सम्पन्न


  •    संवाददाता/ शनिबार, भदौ २५, २०७९  

  • धुलाबारी । शनिबार नेपाल कुचो व्यवसायी संघको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मेचीनगरको बाँसवारी पर्यटकीय स्थलमा संस्थाले आफ्नो साभरण सभा सम्पन्न गरेको हो ।

    कुचो व्यवसायी संघका अध्यक्ष तेजराज प्रसाईंको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश सांसद श्रीप्रसाद मैनालीको उपस्थिती रहोको थियो । त्यसै गरी अतिथिहरुमा संस्थाका सल्लाहकार पन्नालाल जैन, रामचन्द्र चौधरी,बद्री गुप्ता, रामेश्वर चौधरी र प्रदिप चौधरीको लगायतको उपस्थिती रहेको थियो ।

    Advertisement

    कार्यक्रममा मन्तव्यको क्रममा प्रमुख अतिथि मैनालीले आफू पनि व्यवसायी नै भएको चर्चा गर्दै हाल आर्थिक मन्दीले सबै किसिमका व्यवसायहरु मारमा परेको बताएका छन् । ‘कुच्चो व्यवसाय प्रदेश नं. १ कै महत्त्वपूर्ण व्यवसाय भएको कारण यसको सम्बद्र्धन सरकारले गर्नुपर्छ र यसलाई अन्तर्राष्ट्रिय करण गर्नुपर्छ’ सांसद मैनालीले बताए ।

    Advertisement

    कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा कुचो व्यवसायी पन्नालाल जैनले कुचो व्यवसायीहरुलाई मेचीनगर नगरपालिकाले सरसफाइका नाम लिदैहाएको कर हटाउनु पर्ने माग गरेका छन् ।

    यसै गरी कार्यक्रममा इलामका कुचो व्यवसायी खड्ग बराललगायतले पनि मन्तव्य राखेका थिए ।

    वि.सं. २०३० सालदेखि कुचोको व्यवसाय हुँदै आएको धुलाबारीमा वि.सं. २०६३ सालमा नेपाल कुचो व्यवसायी संघको स्थापना भएको हो । यस संस्थाले लामो समयदेखि कुचो व्यवसायीहरुको हक हितको लागि काम गर्दै आएको छ ।

    कार्यक्रमको सञ्चालन संघका महासचिव कृष्ण कनालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.