• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

धुलाबारी–खयरडाँगी ‘सडक क्लियर’ नहुँदा निमार्ण अवरुद्ध


  •    संवाददाता/ बुधबार, भदौ २२, २०७९  

  • धुलाबारी । मेचीनगर–१० धुलाबारी चौकबाट चन्द्रगडी जोड्ने सडक निमार्णमा समस्या सिर्जना भएको छ । चौकबाट खयरडाँगीसम्म करीब १ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने काममा समस्या सिर्जना भएको हो ।

    चौकदेखि खयरडाँगीसम्मको करीब १ कि.मि सडक छेउछाउको भाग क्लियर हुन नसक्दा काममा समस्या सिर्जना भएको ठेकेदार भिम चन्द्र भट्टराईले जानकारी दिए । नौ मिटरभन्दा बाहिर ड्रेन सहितको सडक निमार्ण गर्नुपर्ने हुन्छ । उनले भने ‘सडका दुबै तर्फ रहेका बिजुलीको पोल, अस्तब्यस्त रहेका केबल र टेलिकमको तार अनि मध्यभागको जमिन मुनी बिछ्याइएको खानेपानीको पाइपमा कारण सडक निमार्णमा समस्या भएको छ ।’

    Advertisement

    बुधबार मेचीनगर नगरपालिकाको कार्यालयमा त्यहाँ देखिएका समस्याको समाधानको सन्दर्भमा छलफल भएको छ । छलफलमा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सडक विभाग, खानेपानी विद्युत प्रधिकरण र टेलिकमसँग समन्वय गरेर काम अगाडि बढाउँनुपर्ने बताए । उनले बिकास निमार्णमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिदै त्यहाँ देखिएका समस्या समाधानमा आफू लागि पर्ने बताए ।

    Advertisement

    छलफलमा धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरेले सडक निमार्णमा सहयोग रहने बताए । उनले भने ‘समितिसँग सिमित रकम हुन्छ, खयरडाँगीदेखि दक्षिण भेगमा पनि आफ्नै खर्चमा पाइप लाइन सारेर निमार्णमा सहयोग गरेका थियौं । ड्रेन सहितको सडक बनाउने हो भने सडकको दायाँ–बायाँ पाइप लाइन राख्नुपर्ने हुन्छ ।’

    सडक बिस्तारका क्रममा अवरुद्ध गर्ने बिजुलीको पोलहरु सार्नका लागि प्राधिकरणमा कुनै पनि रकमको व्यवस्था नभएको नेपाल विद्युत प्राधिकरण धुलाबारीका प्रमुख सुनिल महतोले बताए । उनले भने ‘विभागले खर्च ब्यहोर्ने हो भने प्राविधिक सहयोग गर्न तयार रहेका छौँ ।’

    छलफल कार्यक्रममा मेचीनगर नगरपालिकाका वडा नं. १० का वडाध्यक्ष नारायण खनाल, पूर्वाधार बिकास कार्यालयका अधिकृत किरण बिष्ट, नेकपा माओवादी केन्द्रका नगर सह–इन्चार्ज प्रकाश खड्का, नेकपा एमाले मेचीनगर–१० का अध्यक्ष बलराम चिमरिया, नेपाली काङ्ग्रेस मेचीनगर–१० का सभापती चन्द्र बहादुर तिवारी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना लगायतको उपस्थिती रहेको थियो । मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुडाथोकीको अध्यक्षतामा सम्पन्न छलफलले समस्या उत्पन्न स्थानको स्थलगत अनुगमन गरी समस्याको चाडैं समाधान निकाल्ने निर्णय गरेको छ ।

    धुलाबारी मोडदेखि दक्षिण भद्रपुर नगरपालिकाको सीमाना हडिया पुलसम्मको साडे ८ कि.मि सडकमा करीब ४ कि.मि सडक कालोपत्रे भइसकेको छ । वि.सं. २०८० असार मसान्तसम्ममा सडक निमार्ण सम्पन्न गरिसक्नु पर्ने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.