प्रवासी नेपाली मञ्च ओमानको तेश्रो अधिवेशन भव्यताका साथ श्रावण २७ गते सम्पन्न भएको छ । नेकपा एमाले पोलिटव्युरो सदस्य एवं युवा इञ्चार्ज क. महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनबाट झापा गोलधाप निवासी तथा लामो समय देखि ओमन लाई आफ्नो कर्मथलो बनाएर बस्दै आउनुभएका क. रञ्जित आचार्यको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय कमिटी गठ्न भएको छ।लामो समय देखि प्रवासमा रहेर प्रवासमा आपत बिपद परेका नेपालीहरुलाइ आफैं सहयोग गर्ने एक कुशल नेताको रुपमा आफ्नो छबि बनाउन सफल हुनु भएको कमरेड आचार्य तेस्रो महाधिवेशन बाट अध्यक्षमा निर्वाचित हुनुभएको हो। निर्वाचित सबै लाई कमरेड महेश बस्नेतले सपथ ग्रहण गराउनु भएको छ।
Advertisement







