श्रावण २७ बिर्तामोड । लेखा व्यवसाय अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्ष्यित गर्दै झापाको बिर्तामोडमा पिके फाइनान्सियल एकाडेमीले शनिबार गर्ने सेमिनारको सबै तयारी पूरा गरेको जनाएको छ ।
एकाडेमीले झापा, इलाम, पाँचथर र ताप्लेजुङका विद्यार्थीको सहजताका लागि चार्टर्ड एकाउन्टेन्ट्सको अवसर ,सम्भावना र भबिस्यका बारेमा विद्यार्थी तथा अभिभावक लाई जानकारी दिने उदेश्यले सेमिनारको आयोजना गरिएको अध्यक्ष सि.ए गंगाराम बस्नेतले जानकारी दिए ।
एकाडेमीले अहिले एसीसीएका कक्षा सञ्चालन गर्दै आएको छ । सञ्चालनको प्रारम्भिक चरणमा चार जना विद्यार्थी एसीसीएको अध्ययनरत रहेका छन् ।
बिर्तामोडस्थित सिटीसेन्टरमा हुने सेमिनारमा ३० वटा बिद्यालयका विद्यार्थी र सरोकारवाला निकाय सहभागी हुने सि.ए प्रज्वल अधिकारीले बताए ।
Advertisement







