• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्वास्थ्य , शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने : महतारा


  •    संवाददाता/ सोमबार, बैशाख २६, २०७९  

  • बैशाख २६, बिर्तामोड । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले बिर्तामोडले चुनावी प्रचार अभियान अन्तर्गतका कार्यक्रमहरुलाई अघि बढाईरहेको छ ।

    एमालेबाट बिर्तामोड नगरपालिकाको नगरप्रमखको उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला सहित उम्मेदवारहरुको टोलीले  आज सोमबार वडा नम्बर ९का विभिन्न स्थानमा पुगेर कोणसभा सम्पन्न गरेको हो । उम्मेदवारहरुले वडा नम्बर ९ का टाँगाबारी,कञ्चन टोल,लखिबाडी,सतालसिंवाडी,केरकेरुवाडी,नारायणकृष्ण टोल,पिपल चोक र नडियाबाडीमा पुगेरसूर्य चिन्हमा मतदानका लागि आग्रह गर्दै आफ्नो पार्टीले अघि सारेका योजनाका बारेमा प्रतिवद्वता व्यक्त गरेका छन् ।

    Advertisement

    नगरप्रमुखको उम्मेदवार प्रसाईले सबै जातजाती,वर्ग,समुदाय, भाषाभाषीलाई समेटेर काम गर्ने पार्टी नेकपा एमाले रहेको धारणा राख्नु भयो । उहाँले भोलीका दिनमा स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने पनि बताउनु भयो । उम्मेदवार प्रसाईले बिर्तामोड नगरभित्रका पुराना संस्कार,संस्कृति,इतिहास बोकेका सम्पदाहरुको विकास गर्दै पर्यटनसंग जोडेर अघि बढ्ने बताउनु भयो । उद्यमशिलता र महिलाहरुको सिप विकासलाई अझै अघि बढाउने बताउँदै उहाँले विकास निर्माणसंगै रोजगारी सिर्जनाको कुरामा ध्यान दिने बताउनु भयो ।

    Advertisement

    यस्तै उपप्रमुख पदका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले नेकपा एमालेको सरकारले जनप्रिय कामहरु गरेको बताउनु भयो । उहाँले विगतका अधुरा कामहरुलाई अघि सार्दै नयाँ योजना अघि बढाउने बताउनु भयो । उहाँले वडा नम्बर ९मा ५ वर्षभित्रमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने बताउनु भयो । यस्तै कोलटोली विराटपोखर मार्ग र सहिद वृजुलाल मार्गलाई स्तरीय ग्राभेल गर्ने प्रतिद्वता जनाउनु भयो ।

    बिर्तामोडको वडाध्यक्षमा हरिप्रसाद चौलागाई,खुल्ला महिला सदस्यमा कल्पना राजवंशी,दलित महिलामा संगीता सिवा,सदस्यमा केशव बुढाथोकी र चन्द्रप्रसाद दंगाल उम्मेदवार रहनु भएको छ । राष्ट्रिय सभाका पूर्व सदस्य तथा नेकपा एमाले चुनाव प्रचारप्रसार समिति बिर्तामोडका संयोजक हरिचरण शिवाकोटीको संयोजकत्वमा सञ्चालित चुनावी अभियानको सोमबारको कोणसभामा नेकपा एमाले प्रदेश १ कमिटिका सचिव चिन्तन पाठक,प्रदेश सांसद एकराज कार्की लगायतले संवोधन गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.