नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ।
महासचिव विप्लवले आइतबार एक अपिल जारी गर्दै पार्टीको निर्णयअनुसार एमसिसी एवं राष्ट्रघातविरोधी देशभक्त, जनप्रिय प्रतिनिधिहरुलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णयअनुसार मतदान गर्न आह्वान गरेका छन्।
Advertisement
संसदीय व्यवस्थाबाट कुनै पनि राष्ट्र र जनताका पक्षमा आमूल परिवर्तन गर्ने सम्भव नभएको समेत उल्लेख गरेका छन्।
देशमा राष्ट्रघाती एमसिसी सम्झौताका साथै चरम भ्रष्टाचार र महगीले जनतालाई सताइरहेको समेत उल्लेख गरेका छन्।
जनतालाई गाउँगाउँबाट आफ्नो स्तरअनुसार राष्ट्रिय स्वाधीतताका पक्षमा गोलबन्द गर्ने, देशभक्तिको संघर्ष संचालन गर्ने, भ्रप्टाचारका विरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गरिएको छ।







