• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उत्साहकासाथ एमाले अर्जुनधाराको घरदैलो जारी


  •    संवाददाता/ बिहिबार, बैशाख १५, २०७९  

  • अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराको घरदैलो कार्यक्रम उत्साहकासाथ चलिरहेको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतकासाथ विजयी हुने लक्ष्य स्वरुप एमालेले र्जुनधारा नगरपालिकामा घरदैलो कार्यक्रम गरिरहेको छ । एमालेले बुधबार अर्जुनधारा नगरपालिकाको ८ र ५ नम्बर वडामा घरदैलो गरेको हो ।

    घरदैलोमा मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपमेयर पदकी उम्मेद्वार खड्गमाया पराजुली, नेकपा एमालेका नगर इन्चार्ज दिपेन्द्र लम्साल, अर्जुनधारा नगरपालिकाका प्रमख हरीकुमार राना लगायतका नेताहरुको सहभगीता छ ।

    Advertisement

    ८ नम्बर वडामा आज भएको घरदैलोमा एमालेबाट वडाअध्यक्ष पदका उम्मेद्वार कुमार प्रसाद उप्रेतीसहित सदस्य पदका उम्मेद्वारहरु ऋषी प्रसाद घिमिरे, मनोज कुमार रैका थापा मगर, मन्जु टुडु र सुजता रसाइली मेयर उपमेयरको उम्मेद्वारसंग घरदैलोमा सहभागी हुनुभएको छ ।

    Advertisement

    त्यस्तै ५ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा मेयर उपमेयरको उम्मेद्वारसहित वडाअध्यक्ष पदका उम्मेद्वार डम्बर कुमार घिमिरे र सदस्य पदका उम्मेद्वारहरु लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपाली सहभागी हुनुभएको छ ।

    नेकपा एमाले अर्जुनधाराको घरदैलोमा एमाले कार्यक्रर्ता र जनताको उत्साहजनक उपस्थिति देखिएको छ । घरदैलोमा देखिएको सयौंको उपस्थितिले अर्जुनधारामा एमालेको दरिलो प्रभाव देखाएको छ । यस अघिको निर्वाचनमा एमालेले अर्जुनधारा नगरपालिकामा मेयर उपमेयरसहित बहुमत प्राप्त गरेको थियो ।

    एमाले अर्जुनधाराले भोली (बिहिबार) मेयर उपमेयरको उम्मेद्वारसहित ६ र ११ नम्बर वडमा वडाका उम्मेद्वारसहित घरदैलो गर्ने जनाएको छ । यसअघि एमाले उम्मेद्वारहरुले हिजो (मंगलबार) ७ र ५ नम्बर वडामा घरदैलो गरेका थिए ।

     

    एमालेबाट अर्जुनधारामा कुन–कुन पदमा को–को उम्मेद्वार ?

    झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका तर्फबाट बलदेव गोम्देन तामाङले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

    निर्वाचन आयोगले मनोनयनका लागि तोकेको दोस्रो दिन सोमबार नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदमा गोम्देनले उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

    त्यस्तै नेकपा एमालेको तर्फबाट नगर उपप्रमुख पदमा खड्गमाया पराजुलीको उम्मेद्वारी परेको छ ।

    एमालेले अर्जुनधारा १ नम्बर वडाको वडाअध्यक्ष पदकालागि बिष्णुलाल ढकालको उम्मेद्वारी दर्ता गराएको छ । १ नम्बर वडाका सदस्यहरुमा मदन कुमार लिमेल, दिनेश कुमार घिमिरे, मुना खत्री र इन्द्र कुमारी विश्वकर्माको उम्मेद्वारी परेको छ ।

    त्यस्तै २ नम्बर वडाको वडाअध्यक्ष पदमा तुलसी प्रसाद खतिवडा र सदस्यहरुमा बल बहादुर समाल, प्रेम उपरकोटी, शर्मिला सुब्बा र विमला रोक्काको उम्मेद्वारी परेको छ ।

    अर्जुनधारा ३ मा वडा अध्यक्षमा हरि बहादुर वाग्ले र सदस्यहरुमा नारायण प्रसाद चापागाई, भन्द्रमाया तामाङ, सुमन कुमारी राई र सितादेवी सार्कीको उम्मेद्वारी परेको छ ।

    त्यस्तै ४ नम्बर वडाको वडाअध्यक्ष पदमा एकदेव खनाल र सदस्यहरुमा जित बहादुर लिम्बु, अमृत बहादुर बुढाथोकी, राधिका जवेगु र अस्मिता सार्कीको उम्मेदुवारी परेको छ ।

    वडा नम्बर ५ मा डम्बर कुमार घिमिरेको वडाअध्यक्ष पदमा र सदस्यहरुमा लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपालीको उम्मेद्वारी दर्ता भएको छ ।

    ६ नम्बर वडाको अध्यक्ष पदमा दिवाकरलाल चौधरी र सदस्यहरुमा टुंमानाथ काफ्ले, भिम राई, रमा निरौला र कल्पना विश्कर्माको उम्मेद्वारी दर्ता भएको छ ।

    ७ नम्बर वडामा गोविन्द प्रसाद भट्टराईको वडाअध्यक्ष पदमा उम्मेद्वारी परेको छ भने सदस्यहरुमा गोबिन्द प्रसाद खतिवडा, हरी बहादुर कटुवाल, देव कुमार राई, पार्वता देवि न्यौपाने र जानुका विश्कर्माको उम्मेद्वारी दर्ता भएको छ ।

    ८ नम्बर वडाको वडाअध्यक्ष पदमा कुमार प्रसाद उप्रेतीको उम्मेद्वारी परेको छ भने सदस्यहरुमा ऋषी प्रसाद घिमिरे, मनोज कुमार रैका थापा मगर, मन्जु टुडु र सुजता रसाइलीको उम्मेद्वारी दर्ता भएको छ।

    ९ नम्बर वडाको वडाअध्यक्ष पदमा नरेन्द्र बहादुर राईको उम्मेद्वारी परेको छ भने सदस्यहरुमा बुद्धिमान लिम्बु, अम्बर बहादुर थापा, गौरीमाया चिमरिया नेपाल र खड्गमाया पौडेल वि.क.को उम्मेद्वारी परेको छ ।

    वडा नम्बर १० को वडाअध्यक्ष पदमा भुपेन्द्र न्यौपाने र सदस्यहरुमा रुपेश लिम्बु, डम्बर हादुर धौराली, तुलसा बिष्ट महतारा र सिता परियारको उम्मेद्वारी परेको छ ।

    ११ नम्बर वडाको वडाअध्यक्ष पदमा खगेन्द्र इङ्नामको उम्मेद्वारी परेको छ । सदस्यहरुमा एमालेका तर्फबाट पूर्ण बहादुर राई, केशव अधिकारी, शुसिला गिरी र सिता कडेल दर्जीको उम्मेद्वारी परेको छ।

    प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसहित एमालेले अर्जुनधारा नगरपालिकामा सबै ५७ वटा पदमा उम्मेद्वारी दर्ता गराएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.