• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड नगरपालिकाले गर्यो सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोसाक वितरण


  •    संवाददाता/ बिहिबार, फागुन ०५, २०७८  

  • ५ फागुन, बिर्तामोड । बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि पोशाक वितरण कार्यक्रम शुरु गरेको छ ।

    नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्न शुरु गरिएको हो ।

    Advertisement

    बुधबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शाखा अधिकृत दिनेश प्रसाद आचार्य, शिक्षा अधिकृत जानुका रेग्मी, केशरबहादुर खवास सहितको टोलीले ४ वटा विद्यालयमा पुगेर पोशाक वितरण गरेको हो ।

    Advertisement

    बिर्तामोड नगरपालिका ६ बुट्टाबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा १६४ जना, वडा नम्बर ७ विरानमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा ८३ जना, जनता प्राथमिक विद्यालय खालवाडीमा १४७ जना र वडा नम्बर ८ देवनियाँमा रहेको शुक्रराज आधारभुत विद्यालयमा १६८ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

    नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको बताए । अभिभावकहरुले पोशाक खरिद गर्न नसकेकाकारण विद्यार्थीहरु विद्यालय जान समेत नमान्ने गरेको भन्दै उनले पोशाक वितरणले विद्यालयप्रति आकर्षण समेत बढ्ने बताए ।

    यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले दैनिक ज्यालादारी गरेर छोराछोरी विद्यालय पठाए पनि ड्रेस किन्न नसक्ने अवस्थामा रहेका अभिभावकहरुलाई मध्यनजर गर्दै पोशाक वितरण गरिएको बताइन् । कतिपय विद्यार्थीहरुले आफुसँग अरुको जस्तो ड्रेस नभएकाकारण मन दुखाउने, हिनतावोध गर्ने भएकालेपनि विद्यार्थीहरुमा एकरुपता ल्याउन पोशाक वितरण गरिएको उनको भनाई छ ।

    यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पोशाक वितरणको मुख्य उदेश्य समानता कायम गर्नु रहेको बताए । उनले सबै बालवालिकाहरुलाई एउटै प्रकारको पोशाकमा,एउटै खालको वातावरणमा घुलमिल हुन सिकाउने उदेश्यले यो कार्यक्रम अघि बढाइएको बताएका छन् ।

    पोशाक वितरण कार्यक्रममा बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङ्गवा, वडा नम्बर ७ की कार्यवहाक वडाध्यक्ष चन्द्रकला पकुवाल,सिएच गार्मेन्ट विर्तामोडका सञ्चालक मोती गौतम, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । बिहीबार देखि नगरका २ वटा धार्मिक सहित १८ वटा सामुदायिक विद्यालयमा पुगेर पोशाक वितरण गरिने नगरपालिकाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.