२० पुस, बिर्तामोड । जाडो बडे पछि समस्यामा परेका बालबालिका लाई बिर्तामोड १० स्थित विराट आधारभूत विद्यालयका विधार्थीहरुलाई सामाजिक ब्यक्ति सन्तोष राजवंशी(राजु)ले स्वीटर वितरण गरेका छन् ।

जुनियर रेडक्रस सर्कल, बाल क्लब तथा शिक्षकहरूको सहजीकरणमा सुष्मा निर्माण सेवाका प्रोप्राइटर राजवंशीले विद्यालयका ७० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेका हुन् । विपन्न आर्थिक अबस्था भएका सन्थाल , राजवंशी , मुसहरलगायतका जातिका विद्यार्थीहरु त्यस विद्यालयमा अध्ययन गर्ने गरेका छन् ।

विधार्थीलाई स्वीटर वितरण गरी पुण्य कार्य गरेकोमा बाल क्लब तथा शिक्षक परिवारले सहयोगी राजवंशीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद विमलीको अध्यक्षतामा भएको स्वीटर वितरण कार्यक्रममा बाल क्लबका अध्यक्ष बाबुलाल हस्दा , युवा सामाजिक व्यक्तित्व समील राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बालक्लब फोकल पर्सन रंगलाल न्यौपानेले गरेका थिए ।







