झापा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित झापाको कन्काईबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्काई ३ का२८ बर्षीय सुप्रकाश राई रहेका छन् ।
हिजो साँझ ६ बजे कन्काई ७ बिरीङ स्थित प्रहरी कार्यालय झापा तथा लागु औषध नियन्त्रण व्युरो काकरभिट्टबाट खटिएको प्रहरी टोलिले शंका लागी चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम खैरो हिरोईन जस्तो देखीने लिसाईलो पदार्थ बरामद् गरेको हो ।
थप अनुसन्धानका लागी राईलाई ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखीएको प्रहरीले जनाएको छ ।
Advertisement







