• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बस दुर्घटनामा ३२ जनाले ज्यान गुमाएपछि मुगु जिल्ला शोकमा


  •    संवाददाता/ बुधबार, असोज २७, २०७८  

  • काठमाण्डाै । मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ।

    दुर्घटनामा छायाँनाथ रारा नगरपालिका-७ की १९ वर्षकी लग्न सेजुवाल, उहाँका २ वर्षका छोरा, २१ वर्षकी अमृता शाही राणा, ४–५ वर्षका आयुष राणा, २२ वर्षका महेन्द्र शाही र २० वर्षकी मनदेवी बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यस्तै, छायाँनाथ रारा नगरपालिका १० की १८ वर्षकी पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षकी प्यारी विक (कामी), ३५– ३६ वर्षका दानबहादुर रावल, २२ वर्षका सन्तोष बिकालुको ज्यान गएको छ ।

    Advertisement

    त्यसैगरी, वडा नम्बर १२ का २२ वर्षका छाता साउद, वडा नम्बर १० की २० वर्षकी सरिता खड्का, १८ वर्षका अमर साउद र २२ वर्षका सुनबहादुर विक, वडा नम्बर १४ का २२ वर्षका कर्णसिंह बुढा, १९ वर्षका शिव बुढा र २० वर्षका रुपसिंह कार्की,  वडा नम्बर १ की २३ वर्षकी चन्द्रादेवी मल्ल, वडा नम्बर ६ की १९ वर्षकी राममाया धामी, वडा नम्बर ११ का २२ वर्षका प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षका अजय कार्की, ३२ वर्षकी कमला बीसी राउतको ज्यान गएको छ ।

    Advertisement

    यस्तै, दुर्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षका मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षका प्रदीप स्वर्णकारको पनि ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाएका अन्य चार जनाको भने परिचय खुल्न बाँकी छ । दुर्घटनामा २० पुरुष, १० महिला र दुई जना बालबालिकाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पुष्टि गर्नु भएको छ ।

    ११ जना घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ । दुई वर्षकी एक बालिकालाई भने सामान्य मात्रै चोट लागेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो । हिजो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।

    बसमा ४५ जना थिए । ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान गरिए पनि पुष्टि भएको छैन । घटनाको अनुसन्धान भइरहेको छ । दुर्घटना पछि मुगु जिल्ला शोकमा डुबेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.