झापाको । बिर्तामोड नगरपालिका ७ र ८ का अपाङ्गता भएका ब्यक्ति तथा परिवारलाई राहत बितरण गरिएको छ। शुक्रबार बिर्तामोड ५ निवासी व्यावसायि गोपाल मुखिया र बबिता राईले ४२ परिवारलाई खाद्यान्न बितरण गरेका हुन् ।
उद्योग बाणिज्य संघ महासघं प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकाल ,केन्द्रिय सदस्य तथा कार्यक्रमका संयोजक कुमार भट्टराई ,दाता द्द्य मुखिया र राईले संयुक्त रूपमा उनिहरुलाई चामल,तेल,दाल,नुन लगायतका सामाग्री प्रदान गरेका हुन ।
कार्यक्रमका संयोजक भट्टराईका अनुसार बिर्तामोडका १० वटै वडाका २१६ भन्दा बढी परिवारलाई दशैँको अवसरमा राहत बितरण गरिएको हो । नेपालीको महान चाड दशैँमा भोकै कोहि बस्नु नपरोस् भनेर कार्यक्रम गरिएको संयोजक भट्टराईले बताए ।

कार्यक्रममा प्रमुख अतिथि महासंघका अध्यक्ष ढकाल सदस्य भट्टराई नेपाली काङ्ग्रेसका नेतृ पार्वता गिरि बिर्तामोड अपाङ्गता स्वाबलब्न सस्थाका अध्यक्ष दिपक थापा लगायतले शुभकामना राखेका थिए ।
वडा नम्बर ७ का अध्यक्ष चन्दकला पकुवालको अध्यक्षता रहेको कार्यक्रमको संचालन हरि अधिकारीले गरेका थिए ।
Advertisement







