झापा। बिर्तामोडमा सञ्चालित तेस्रो वडास्तरिय फुट्बल प्रतियोगिता अन्तर्गत आज हुने खेलमा वडा नंबर १ र ४ बिच प्रतिष्पर्धा हुने भएको छ । खेल बिर्तामोड १० स्थित महेन्द्रज्योती माबिको मैदानमा दिउँसो ३ बजेपछि शुरु हुनेछ ।
यसअघि हिजो भएको उद्घाट्न खेलमा वडा नम्बर ६ ले वडा नम्बर ८ लाई ७÷० को फराकिलो गोल अन्तरले पराजित अघिल्लो चरणमा प्रबेश गरेको छ । फाईनल खेलको विजेताले नगद ७५ हजार र उपविजेताले नगद ५० हजारसहित ट्रफी मेडल पुरस्कार पाउने नगर खेलकुद विकास समिति बिर्तामोडका अध्यक्ष टिकाप्रसाद संग्रौलाले जानकारी दिए ।
उता, झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिता अन्तर्गत आज कनकाई वडा नं ५ र वडा नं ६ विचमा प्रतिस्पर्धा हुने भएको छ । हिजो भएकोे खेलमा वडा नं।२ विजयी बनेको छ । कनकाई नगर खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो खेलमा वडा नं।४ लाई २—० गोलको अन्तरले पछि पार्दै वडा नं।२ विजयी बनेको हो । खेलको म्यान अफ द म्याच विजयी टिमका गोल कर्ता रोशन दर्जी घोषित भए । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद साथै प्रमाण पत्र र ट्रफी रहेको बताइएको छ ।







