• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरको वडा नम्बर ७ मा माओवादी केन्द्रलाई ठूलो धक्का, सय बढी नेता कार्यकर्ता एमाले प्रवेश


  •    संवाददाता/ आइतबार, असोज १०, २०७८  

  • मेचीनगर । झापाको मेचीनगरमा नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी आइतबार ३२ घर परिवारका करीव एकसयभन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सवै मेचीनगरको वडा नम्बर ७ का स्थायी वासिन्दा हुन् । यसले मेचीनगरको वडा नम्बर —७ मा माओवादी केन्द्रलाई निक्कै ठूलो धक्का पुगेको छ ।

    गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडानम्बर —६ को वडाध्यक्षका उम्मेद्वार बनेका पुनलाल राजवंशीको नेतृत्वमा उनीहरु नेकपा एमाले प्रवेश गरेका हुन् । राजवंशी नेकपा माओवादी केन्द्का निक्कै लोकप्रिय नेता हुन् । आदिवासी समुदायमा नेता राजवंशी निक्कै चर्चित हुनुहुन्छ ।

    Advertisement

    पार्टीका लोकप्रिय र चर्चित आदिवासी नेता राजवंशीले नेकपा माओवादी केन्द्र परित्याग गरेका कारण मेचीनगरको ७ नम्बर वडामा पार्टीलाई ठूलो क्षति भएको स्वयम् माओवादी केन्द्रका नेताको भनाई छ ।

    Advertisement

    नेकपा एमालेको नगर पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरु प्रवेश गर्नुभएको हो । उहाँसहित नेकपा एमाले प्रवेश गरेका सवैलाई नेकपा एमाले पार्टी जिल्ला सचिवलाय सदस्य तथा १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकी, सचिवालय सदस्य एवम् मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला कमिटी सदस्य एवम् १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले अविर टिका र खादा पहिर्याएर पार्टी प्रवेश गराउनुभएको थियो ।

    नगर कमिटी अध्यक्ष खेमराज ‐राजु) पोखरेलको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रमम पुनलाल राजवंशीसहित नरेश, शुक्रु, बृषलाल, ओसीलाल, गिरस, टीकराम ‐ठूलो) , सिवेला, विश्वनाथ, प्रकाश, पुष्पलाल, प्रकास ‐सानो) टिकाराम, लोलनी, शशी, कालीमान, कैलास, बृक्षलाल, तपन, गोकुल ‐ठूलो), प्रल्हाद, उसुनी, सुनिल, भूमिसुधार, गोकुल ‐सानो) हरिपद, हेदलु राजवंशीको परिवारको नेकपा एमाले प्रवेश गरेको हो ।

    पार्टी प्रवेश कार्यक्रममा बोल्दैं नेताहरुले अहिले नेकपा एमालेमा अन्य पार्टीका धेरै नेता कार्यकर्ताको आर्कषण बढेको र दैनिक प्रवेश गरिरहेको बताएका थिए । अब एमाले हरेक मजदुर, किसान, जातजाति, वर्ग, समुदायको लोकप्रिय पार्टी भएकाले हरेक नेपाली नागरिकको दुःख सुखको साथी नै एमाले भएको बताए । केही दिनअघिमात्र १४ नम्बर वडामा नेपाली काँग्रेस र राप्रपाका नेता कार्यकर्ताहरु ठूलो संख्यामा एमाले प्रवेश गरेका थिए ।

    नगर सचिव कृष्ण कनालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सवैलाई एमाले नेता भुपाल ओलीले स्वागत गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.