• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

१६ वर्षीया सुस्मिता एक दिनका लागि गाउँपालिका प्रमुख


  •    संवाददाता/ मङ्गलबार, भदौ २९, २०७८  

  • विराटनगर । बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव मंगलबार एक दिनका लागि गाउँपालिका प्रमुख हुने भएकी छन्। ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम मंगलबार उनले गर्ने भएकी हुन्।

    बालबालिकाहरुलाई स्थानीय सरकार के हो र यसले कसरी कार्य गर्छ भन्‍ने अनुभूती दिलाउने उद्देश्य अनुसार बालिकालाई एक दिनका लागि गाउँपालिका प्रमुख बनाउने कार्यक्रम राखिएको राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए।

    Advertisement

    उनका अनुसार बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउने र राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नविन रुपमा मनाउने योजना अनुसार कार्यक्रम तय गरिएको हो। भदौ २९ गते गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्‍ने कार्यक्रम गर्न लागिएको उनले बताए।

    Advertisement

    नेपालको संविधानले व्यवस्था गरेको तीन तहको सरकारमध्ये घरगाउँको सरकारको रुपमा रहेको स्थानीय तहले बालबालिकाका विषयहरुलाई कसरी व्यवस्थापन गरिरहेको छ र बालबालिकाहरुले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन्, गाउँपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्‍ने विषयलाई बालबालिका स्वयंले अनुभूत गर्नका लागि एकदिन गाउँपालिकाको अध्यक्षको भूमिकामा बालबालिकालाई राखि अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण मञ्‍चको रुपमा भदौ २९ गते गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्‍ने कार्यक्रम गरिने अधिकारीले बताए।

    बूढीगंगा गाउँ कार्यपालिकाको सोमबारको बैठकले मंगलबार राष्ट्रिय बाल दिवसका दिन गाउँपालिकाको एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकार बाहेक सांकेतिक रुपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको छ। गाउँपालिकाको निर्णय अनुसार मंगलबार बिहान १० बजे गाउँपालिका अध्यक्षबाट अध्यक्षका लागि छनोट भएकी सुस्मिता ऋषिदेवलाई जिम्मेवारी प्रदान गरिएको पत्र प्रदान गरिने, पत्र प्राप्त भए पश्चात बालिकालाई अध्यक्षको पदभार ग्रहण गराइने कार्यक्रम रहेको राष्ट्रिय बालअधिकार परिषद्का समन्वय अधिकृत अधिकारीले बताए।

    उनले भने,‘ पदभार ग्रहण पश्चात गाउँ कार्यपालिकाको बैठक राख्‍ने र बालबालिकासम्बन्धी केही निर्णय प्रमुख प्रशासकीय अधिकृतको सहजीकरणमा गरिने छ।’

    कार्यपालिकाको बैठक पश्चात नजिकको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गर्ने, अनुगमनपछि पालिकाका कर्मचारी जनप्रतिनिधिहरु र अन्य समेतको सहभागितामा कार्यक्रम सञ्‍चालन गरी अनुमगनसम्बन्धी धारणाहरुको विषयमा छलफल र अन्तर्क्रिया सञ्‍चालन गर्ने र कार्यपालिकाको बैठक सञ्‍चालन र धन्यवादसहित निर्वाचित अध्यक्ष बालचन्द्र माझीलाई जिम्मेवारी हस्तान्तरण गरिने अधिकारीले बताए।

    कार्यक्रमको सहजीकरण राष्ट्रिय बालअधिकार परिषदले गर्ने र व्यवस्थापन तथा समन्वय बाल हेल्पलाइन १०९८ मोरङ र प्रदेश बालबालिका खोजतलास तथा संरक्षण केन्द्र १०४ ले गर्ने अधिकारीको भनाइ छ।

    बालबालिकाले स्थानीय तहलाई कसरी लिएका छन् र कसरी बुझेका रहेछन् भन्‍ने उद्देश्यले कार्यक्रम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले बताए। उनले भने,‘यसखालका कार्यक्रम देशव्यापी रुपमा गर्न आवश्यक छ ।’

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.