काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बालुवाटारमा डाकेको मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुखहरुको हेरफेर गर्ने निर्णय गरिने भएको छ । केही बेरअघि सुरु भएको बैठकमा प्रदेश प्रमुखहरुको हेरफेरको निर्णयबारे छलफल भइरहेको छ ।
यसअघि माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा गरेको आयोजना गरेको स्थायी समितिको बैठकमा केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखमा अमिक शेरचन र तिलक परियारलाई दोहोर्याउने भनि सिफारिस गरेको छ ।
Advertisement







