बिर्तामोड । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्थानीय तहले आफ्लो अनुकुलताका आधारमा लक डाउनको नीति अवलम्वन गर्न थालेका छन् । संक्रमितको संख्या थपिने क्रम तीव्र भएपछि स्थानीय तहले लक डाउनलाई पहिलो प्राथमिकतामा राखेका हुन् । संक्रमणविरुद्धको लडाईमा पहिलो प्राथमिकता लक डाउनलाई दिएर अर्जुनधारा ,कन्काइ,शिवसताक्षी र बुद्धशान्तिले पालिका सिल गरेका छन् ।
नागरिक र व्यवसायि भने लक डाउन पालना गर्ने पक्षमा छैनन् । उनीहरु खोप पाउनु पर्ने माग गरिरहेका छन् । बिर्तामोड नगरपालिकाले पनि संक्रमणको जोखिमलाई हेरेर लक डाउनमा जाने तयारी गरेको छ । साउन १३ गते रातिदेखि एक साताका लागि लक डाउन गर्ने नगरपालिका शिल हुने भएको छ।
Advertisement







