• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निर्मला हत्याकाण्डको ३६ महिनासम्म पनि प्रहरीले पाएन अनुसन्धानमा सफलता


  •    संवाददाता/ आइतबार, साउन १०, २०७८  

  • काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पुगेको छ । तीन वर्ष अर्थात् ३६ महिनासम्म प्रहरीले अनुसन्धानमा सफलता भने हात पार्न सकेको छैन ।

    ०७५ साउन १० गते साथी रोशनीको घरमा गृहकार्य गर्छु भन्दै गएकी निर्मला साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन । पोस्टमार्टम रिपोर्ट र अरु परीक्षणबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । निर्मला हत्यापछि दोषीमाथि कारबाहीको माग गर्दै महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो । सोही आन्दोलनमा प्रहरीको गोली लागेर एकजनाको ज्यानसमेत गएको थियो ।

    Advertisement

    प्रहरीले ०७५ भदौ ४ गते भीमदत्त–१९, बाँगफाँटाका ३९ वर्षीया दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । तर, उनको डीएनए नमिलेपछि उनी छुटेका थिए ।

    Advertisement

    घटनाको अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरीका एसपी, सीआईबीका अधिकारीलगायत प्रहरी बर्खास्तीदेखि निलम्बनसम्म परेका थिए । तर, उनीहरुले सफाइ पाइसकेका छन् ।

    निर्मला हत्या प्रकरणको अनुसन्धानमा हालसम्म दर्जनौँ टोली खटिइसकेका छन् । तर, कसैले पनि सफलता हात पार्न सकेका छन् । हत्याकाण्डको ३६ महिना बितिसक्दा पनि प्रहरी हत्यरासम्म पुग्ने ‘क्लु’कै खोजीमा लागेको छ ।

    प्रहरीको विशेष ब्युरो मानिएको केन्द्रीय अनुसन्धान ब्युरोको टोली सुरुवाती समयदेखि नै अनुसन्धानका लागि कञ्चनपुरमै छ ।

    घटनाबारे प्रहरीकै अधिकारीहरुको समेत फरक–फरक बुझाइ छ । सुरुवाती समयमा र बर्खास्तीदेखि निलम्बनमा परेका प्रहरी अधिकारीहरुले दिलीप विष्ट नै अभियुक्त भएको दाबी गर्दै आएका छन् भने अरु प्रहरी अधिकारीहरुले दिलीप अभियुक्त हुने पर्याप्त आधार नदेखिएको बताउँदै आएका छन् ।

    प्रहरीले हालसम्म एक हजारभन्दा बढी व्यक्तिसँग घटनाबारे सोधपुछ गरिसकेको छ । ७० जना बढीको डीएनए परीक्षण गरेको छ । तर, कसैको पनि डीएनए म्याच भएको छैन ।

    यसबाहेक प्रहरीले निर्मलाको गाउँ र आसपासका अरु गाउँका सबै घर र घरका सदस्यको विवरणसमेत संकलन गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.