काठमाडौं । सरकारले ६ साउनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले बकर इदको अवसरमा ६ साउनमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका हुन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व भएकाले बिदा दिने निर्णय गरिएको जानकारी दिए।
मुस्लिम समुदायले बकर इदमा बिदा दिन माग गर्दै आएको थियो । उनीहरूले अन्य धर्मका चाडपर्वमा जस्तै मुस्लिम समुदायका प्रमुख चाडपर्वमा पनि बिदा दिनुपर्ने माग गर्दै आएका छन् ।
Advertisement
संसारभरका मुस्लिम समुदायले दोस्रो ठूलो पर्वका रूपमा बकर इद मनाउने गरेका छन्।







