• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकारसँग लक्ष्मी माविका प्रधानाध्यापकको स्पष्टीकरण माग


  •    संवाददाता/ मङ्गलबार, असार २२, २०७८  

  • २२ असार, कचनकवल । कचनकवल गाउँपालिका ६ स्थित लक्ष्मी माध्यमिक विद्यालयले सार्वजनिक खरिद ऐन मिचेर दर्ता नभएको बोलपत्रदातालाई टेन्डर स्वीकृत गरेको खुलसा गरिदिएको भन्दै पत्रकार पार्थ मण्डललाई प्रधानाध्यापकले स्पष्टीकरण बुझाउन पत्र सार्वजनिक गरेका छन् ।

    विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आवेदन दर्ता नभएको बोलपत्रदातालाई टेन्डर दिएको खुलसा गरिदिएका मण्डललाई माहाराजा शैलीमा विद्यालयमा २४ घण्टा भित्र आएर स्पष्टीकरण दिन आदेश गर्दै प्रधानाध्यापक राजु बुढाथोकीले फेसबुक मार्फत पत्र सार्वजनिक गरेका हुन् ।

    Advertisement

    आफू मातहतका शिक्षक कर्मचारीलाई आदेश दिएको शैलीमा स्पष्टीकरण माग्ने प्रधानाध्यापक बुढाथोकीको कर्तुत विरूद्ध पत्रकार महासंघ लगायत पत्रकार संवद्ध संघ संगठनले गम्भीर ध्यानाकर्षण समेत गरिसकेका छन् ।

    Advertisement

    विद्यालयले सार्वजनिक खरिद ऐनको धज्जी उठाउँदै नीति नियम मिचेर दर्ता नभएको फर्मलाई टेन्डर स्वीकृत गरेको छानबिन समितिले समेत ठहर गरेको छ ।

    ऐन मिचेर बोलपत्र स्वीकृत गरेको समाचार प्रकाशन भएपछि कचनकवल गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेतको नेतृत्वमा तीन सदस्यीय छानबिन टोलिले सोमबार बिहान विद्यालय पुगेर टेन्डर प्रक्रियासम्बन्धी सम्पूर्ण खातापाता जाँच गरेको थियो ।

    खातापाता जाँच गर्दा विद्यालयले दर्ता नभएको मेघा नाम गरेको फर्मलाई सार्वजनिक खरिद ऐनविपरित टेन्डर स्वीकृत गरेको देखिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेतको भनाइ छ ।

    संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत लक्ष्मी माविलाई ६ लाख ५० हजारको कार्यक्रम परेको थियो । कचनकवल गाउँपालिका मार्फत विद्यालयलाई उक्त कार्यक्रमका लागि साढे ६ लाख रुपैयाँ बजेट प्राप्त हुने भएपछि विद्यालयले २०७८ असार ३ गते सिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।

    विद्यालयले खुलाएको १५ दिने कोटेसनमा इन्टरेक्टिभ प्यानल बोर्ड एक थान, स्मार्ट टिभी दुई थान, ल्यापटप एक थान, प्रोजेक्टर एक थान, कम्प्युटर सामग्री राख्ने दराज एक थान र कम्प्युटर टेबल एक थान उल्लेख थियो ।

    खरिद ऐन २०६३, पहिलो संशोधन ऐन, २०७३ को परिच्छेद–५ खरिदसम्बन्धी व्यवस्थाअनुसार सिलबन्दी दरभाउपत्र माग गर्दा राष्ट्रिय वा स्थानीयस्तरको समाचारपत्रमा कम्तीमा १५ दिनको अवधि दिई सूचना प्रकाशन गर्नु पर्ने प्रष्ट उल्लेख छ ।

    तर, विद्यालय खुलाएको कोटेसनको सूचना कुनै समाचारपत्र प्रकाशनसमेत गरेको छैन। विद्यालयले कोटेसनको सूचना विद्यालय र गाउँपालिकामा मात्र टाँसेको पाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.