• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मनसुुन सुरु भएको तीन सातामा ३३ जनाको मृत्यु, ३० बेपत्ता,३० घाईते


  •    संवाददाता/ शुक्रबार, असार १८, २०७८  

  • काठमाडौं । मनसुन सुरु भएयता बाढी पहिरोलगायतका विपत्तिमा परेर हालसम्म ३३ जनाको मृत्यु भएको छ ।

    गत जेठ ३१ गतेदेखि यताको मनसुनी विपतमा परेर ३० जना बेपत्ता भएका छन् भने अन्य ३० जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

    Advertisement

    बुधबारदेखि मनसुनी वायु फेरि सक्रिय भएकाले थप क्षतिको सम्भावना बढेको छ । केन्द्रका अनुसार यस अवधिमा विपतमा परेर ४७५ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । त्यस्तै ११२ घर आंशिक क्षतिग्रस्त भएका छन् ।

    Advertisement

    भौतिक क्षतितर्फ ३६ वटा सरकारी कार्यालय, छवटा सामुदायिक भवन र विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, जलविद्युत् आयोजना १३ वटा, काठको पुल पाँचवटा र दुईवटा वित्तीय संस्था प्राकृतिक विपत्तिका कारण क्षतिग्रस्त बनेको केन्द्रले जनाएको छ ।

    जेठ २८ गतेबाट नेपालमा मनसुन भित्रिएको हो । त्यस अवधिदेखि यताको पाक्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भएका क्षतिको व्यवस्थापन र अबका दिनमा त्यसको न्यूनीकरणका लागि सामूहिक पहल गरिरहेको जनाएको छ ।

    जेठ ३१ गतेदेखि असार १५ गतेसम्म बाढीले बगाएर १५, पहिरोमा पुरिएर ११ र भारी वर्षाका कारण एक जना गरी २७ जनाको मृत्यु भएको छ । सो अवधिमा ६७६ घरपरिवार विस्थापित हुन पुगेको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

    सबैभन्दा बढी सिन्धुपाल्चोक र मनाङमा क्षति भएको प्राधिकरणले जनाएको छ । सार्वजनिक प्रतिवेदनअनुसार यी दुई जिल्लासहित मनसुनी प्रकोपका कारण देशका २६ जिल्ला प्रभावित बन्न पुगेका छन् ।

    मनसुनी विपतका कारण देशका विभिन्न प्रमुख राजमार्ग अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.