• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विर्तामोड नगरपालिकाले कक्षा ५ सम्म नि :शुल्क पोशाकको व्यवस्था दिने


  •    संवाददाता/ शुक्रबार, असार ११, २०७८  

  • असार ११,झापा । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । यसअघिका कार्यक्रममा पूर्वाधार विकाससँगै शिक्षालाई प्राथमिकतमा राख्दै आएको नगरपालिकाले यो वर्षको कार्यक्रममा शिक्षालाई प्राथमिकता दिएको हो ।

    ‘बालमैत्री , पूर्ण सरसफाई एवम् प्रविधिमैत्री सिकाईको सिर्जना, आचरणयुक्त तथा जीवनोपयोगी शिक्षाको परिकल्पना’ नारामा शिक्षाका कार्यक्रम समेटिएका छन् । नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा समेट्दै सामुदायिक विद्यालयमा अध्ययनरत बालविकासदेखी कक्षा ५ सम्मका विधार्थीलाई पोशाकको व्यवस्था गरिने भएको छ । नगरपालिकाले पोशाकको कार्यक्रम राखेर सामुदायिक विद्यालयका विधार्थीलाई हौसला प्रदान गरेको छ । गरिव तथा विपन्न नागरिकका छोराछोरी अध्ययन गर्ने सामुदायिक विधालयमा निशुल्क पोशाक उपलब्ध गराउने कार्यक्रम प्रशंसनीय भएको प्रदेश सांसद् एकराज कार्कीले बताएका छन् । उनले सामुदायिक विद्यालयका लागि यो कार्यक्रम प्रभावकारी हुने बताए ।

    Advertisement

    नगरले आधारभुत शिक्षा अनिवार्य तथा सर्वसुलभ बनाउने, विधालय अनुगमन तथा शिक्षा योजना निर्माण कार्यक्रम प्रारम्भ गर्ने, बाल शिक्षकको क्षमता विकास गर्दै लैजाने, शिक्षकलाई सीप विकासमा सहयोग गर्दै प्रविधिमा दक्ष बनाइने, आचरण तथा सचेतना शिक्षालाई कक्षा ८ सम्म लागु गर्ने, संघसंस्थाहरुको समन्वयमा सवारी साधन व्यवस्थापन गर्दै जाने, सबै विधालयमा स्वच्छ पानी र सफा शौचाल र खाजा घर निर्माणलाई निरन्तरता दिने, शैक्षिक संस्थामा भौतिक पूर्वाधार पूर्ण अपांगता मैत्री र प्रविधियुक्त बनाइने, सीपमुलक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने, छात्राहरुलाई निशुलक स्यानिटरी प्याड उपलब्ध गराउँदै छात्राहरुको भर्ना तथा निरन्तरता दरमा वृद्धि गराउने , कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजाको कार्यक्रमलाई निरन्तरता दिने, वैकल्पिक सिकाई व्यवस्थापनका लागि आवश्यक समन्वय गर्ने र नगर क्षेत्रलाई शिक्षाको हव को रुपमा विकास गर्न सामुदायिक क्याम्पसहरुको गुणस्तर सुधार गर्दै संभाव्यताका आधारमा स्नातकोत्तर तहको पठनपाठन र सञ्चालन हुने व्यवस्था मिलाउने लगायतका कार्यक्रम समेटेको छ ।

    Advertisement

    नगरको कार्यक्रमले शिक्षा क्षेत्रको गुणस्तर सुधारमा थप टेवा पुग्ने शिक्षा शाखाका उपसचिव तिलचन भणडरीले जानकारी दिए । उनका अनुसार नगरका अधिकांश विधालयहरुको भौतिक पूर्वाधार निर्माण भएका छन् । कतिपय विधालयका संरचना निर्माणको चरणमा समेत छन् । आगामी आर्थिक वर्षका लागि नगरले तय गरेको कार्यक्रम कार्यान्वयनमा सबैले लाग्ने हो भने शिक्षामा राम्रो नतिजा निकाल्न सकिने भण्डारीको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.