असार ११,काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगताअन्तर्गत शुक्रबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० ले पराजित गरेको छ ।
खेलको ३३औँ मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा मिगुएल अल्मिरोनले पेनाल्टी मार्फत गोल गर्दै पाराग्वेलाई २–० को जित दिलाए ।
जितसँगै समूह ‘ए’मा पाराग्वेले ३ खेलबाट ६ अंक जोडेको छ । पाराग्वे दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वे यसअघि नै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चिलीको चार खेलबाट ५ अंक छ ।
Advertisement







