• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरको आगामी वर्षको १ अर्ब ५३ करोड ६३ लाख २९ हजार बजेट प्रस्तुत


  •    संवाददाता/ बिहिबार, असार १०, २०७८  

  • झापा । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि कुल १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३५४ रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ ।

    बिहीबार नगरपालिकाको आठौं नगर सभामा नगर उपप्रमुख मीना उप्रेतीले सो रकम बराबरको कुल बजेट प्रस्ताव गरिन् ।

    Advertisement

    जसमा आन्तरिक स्रोत तर्फ २७ करोड २७ लाख ७२ हजार ६४ रुपैयाँ, संघीय सरकार वित्तीय समानीकरण अनुदानतर्फ २६ करोड ५८ लाख, संघीय सरकार राजश्प बाडफाडतर्फ १४ करोड ५८ लाख ६० हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ६० लाख ३७ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ १ करोड ६४ लाख १० हजार २९० रुपैयाँ गरी कुल ७० करोड २३ लाख ७ हजार २९० रुपैयाँ आय प्रस्ताव पेश गरिएको छ ।

    Advertisement

    त्यस्तै संघीय सरकार सशर्त अनुदान चालूतर्फ ३७ करोड ५१ लाख, सशर्त अनुदान पूँजीगततर्फ ८ करोड ६९ लाख, संघीय सरकार विशेष पूँजीगततर्फ १ करोड ६६ लाख, संघीय सरकार समपुरक अनुदानतर्फ २ करोड ८ लाख गरी कुल ४९ करोड ९४ लाखसमेत गरी कुल १ अर्ब २० करोड १७ लाख ७ हजार २९० को आय उपप्रमुख उप्रेतीले नगर सभामा प्रस्तुत गरिन् ।

    यसैगरी प्रदेश नम्बर १ समपुरक अनुदानतर्फ १ करोड, सशर्त अनुदानतर्फ १ करोड ५० हजारसमेत आयमा देखाइएको छ । त्यस्तै नगरपालिकाको गत आर्थिक वर्षको विनियोजित रकम खर्च हुन नसकी आगामी आर्थिक वर्षको मौज्दात रकमको रुपमा रहने गरीको ३० करोड रकमसमेतलाई बजेटमा समावेश गरिएको छ ।

    यसरी समग्रमा नगरपालिकाले निर्वाचित जनप्रतिनिधिको अन्तिम वार्षिक बजेटको रुपमा १ अर्ब ५३ करोडबढीको रकम नगर सभासमक्ष प्रस्तुत गरेको हो ।

    बिहीबार केही समय ढिला गरी सुरु भएको नगर सभाको उद्घाटन प्रमुख अतिथि संविधान सभा सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री राम कार्कीले गरेका थिए ।

    सभामा नगर प्रमुख विमल आचार्यले आगमी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा अतिथिहरु प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, संविधान सभा सदस्य तथा नगरका संस्थापक नगर प्रमुख रवीन कोइराला, संविधान सभा सदस्य उषा गुरुङ, नगरका राजनीतिक दलका प्रमुख प्रतिनिधिलगायतले टिप्पणी गरेका थिए ।

    नगर उपप्रमुख उप्रेतीले स्वागत गरेको नगर सभा उद्घाटन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट
    राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाबाट ५ कराेड नगद र झन्डै १८ किलो सुन लुटपाट
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.