• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एसईई खारेज गर्न सरोकारवालाहरुको माग


  •    संवाददाता/ मङ्गलबार, जेठ २५, २०७८  

  • जेठ २५,काठमाण्डौ । संविधानअनुसार माध्यमिक शिक्षा कक्षा १२ सम्म लागू भएकाले १० कक्षामै लिइने एसईई परीक्षा खारेज हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले करोडौँ लगानी गरेर उपलब्धि नहुने भएकाले एसईई खारेज गर्नुको विकल्प नभएको पनि बताएका छन् ।

    काठमाण्डौमा भएको कार्यक्रममा शिक्षाविद् डा. विष्णु कार्कीले संविधान जारी भएर लागू भएकै दिनदेखि एसईई खारेज हुनुपर्नेमा शिक्षामन्त्रालयको कमजोर नेतृत्व र एसईईका नाममा केही व्यक्तिलाई राष्ट्रिय परीक्षा बोर्डमा जागिर दिने काम मात्रै भइरहेको बताए।

    Advertisement

    एसईई परिक्षा संविधानको विपरीत रहेको, विद्यार्थी र अभिभावकमाथि अन्याय भइरहेको कार्कीको भनाइ छ । यस्तै परीक्षाविद् प्राध्यापक डाक्टर दिव्यमान कर्माचार्यले एसईई खारेज गर्नेबारे पटक-पटक छलफल र कुरा उठे पनि सरकारले गम्भीरताका साथ नलिएको जनाए ।

    Advertisement

    कार्यक्रममा राष्ट्रिय अभिभावक महासङ्घका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले एसईईका नाममा विद्यार्थीबाट रकम उठाएर आर्थिक शोषण गर्ने काम भइरहेको जिकिर गरे। विद्यार्थीलाई मानसिक तनाव दिने, अभिभावकलाई आर्थिक भार पार्ने र जहिल्यै हाउगुजी बनाउने काम भएको भण्डारीको भनाइ छ ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले शिक्षा ऐनका कारण एसईई खारेज गर्न नसकिने बताए । शिक्षा ऐनमा एसईई सञ्चालन गर्नुपर्ने प्रावधान रहेको र नयाँ ऐन नल्याएसम्म यो पद्धति हटाउन नसकिने उनको भनाइ छ । ‘एसईई एउटा परीक्षा मात्रै होइन, पद्धति हो । पद्धति हटाउन सकिँदैन’ पौडेलले भने।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.