झापा । नेपाल कपडा तथा सिलाइ ब्याबसायी संघ झापाले सिलाइ ब्याबसायी कोभिड १९ आपत्कालिन राहत कोष स्थापना गरेको छ ।
विश्वभर माहामारीको रुपमा रहेको कोभिड १९ को कारणले सिलाइ ब्याबसायीहरुमा विभिन्न समस्याहरु देखापरेको हुदाँ संघले ब्याबसायीहरुकालागी राहत , उपाचार लगायतको ब्यवस्था गर्न कोष को स्थापना गरेको हो ।
नेपाल कपडा तथा सिलाइ ब्याबसायी महासंघका केन्द्रिय सदस्य हरि नेपालीको संयोजक्तवमा कोषको स्थापना गरिएको छ त्यसैगरी दिलिप सुन्दास , रमेश शिवा सह संयोजक , तारा अधिकारी र चन्द्र बर्देवा सदस्य रहनेगरी पाँच सदस्यीय समिती निर्माण गरिएको संघले जनाएको छ ।
आपत्कालिन राहत कोषका संयोजक हरि नेपालीसंग गरेको कुराकानी मा नेपाल कपडा तथा सिलाई व्यावसायी संघ झापाको आयोजनामा जिल्लामा सिलाई व्यावसाय संचालन गरेर बस्नुहुने व्यावसायीलाई कोभिड १९ वाट प्रभावित भएर संक्रमित भै उपचारमा आर्थिक समस्या देखापरेमा तथा यस पेशाबाट लाभान्वित पेशाकर्मीहरुलाई कोरोना कहरका बेला जिवनयापनमा समस्या आएमा राहत दिनकालागी कोषको स्थापना गरिएको उनले बताएका छन् ।
त्यसैगरी देश बिदेश मा रहनु भएको नेपाली दाजुभाई तथा दिदिबहिनीमा कोभिड बाट बच्न को लागि आवश्यक स्वास्थ्य मापदण्ड पूरा गर्नु हुन अनुरोध गर्दै यस अभियानलाई सहयोग गर्न अपिल समेत गरेको उनले जनाएका छन् ।
संघले ईच्छुक दाजुभाई तथा दिदिबहिनीहरुलाई नेपाल ईन्भेष्टमेन्ट बैँक लिमिटेडमा रहेको संघको खाता नम्बर ०१८०१०४०२५४२५० मा सहयोग गर्न समेत अनुरोध गरेको छ ।







