जेठ १८,काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा फैलिएको कोभिडको नयाँ भेरियन्टलाई डेल्टा र अल्फा नाम दिएको छ ।
नेपालमा भेटिएको इन्डियन भेरियन्ट भाइरसलाई डेल्टा र यूके भेरियन्टलाई अल्फा नाम दिइएको हो । संगठनले अन्य भेरियन्टहरुलाई पनि नयाँ नाम दिएको छ ।
ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बेटा भारतमा पछिल्लोपटक भेटिएको भेरियन्टलाई कप्पा नाम दिइएको हो । विश्व स्वास्थ्य संगठनले विभिन्न मुलुकमा भेटिएको कोभिडका भेरियन्टहरुको नाम बोलीचालीका लागि सहज बनाउन ग्रीक शब्दबाट नामांकन गरेको जनाएको छ ।
Advertisement
पछिल्लो समय भियतनाममा देखिएको हाइब्रिड भेरियन्टबारे भने अनुसन्धान भइरहेको संगठनले जनाएको छ ।







