जेठ १५,काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १४ हजार ७५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१४ हजार ६ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४ हजार ३११ र ७ सय ४६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Advertisement
पछिल्लो २४ घण्टामा ६ हजार ६० संक्रमित निको भएका छन् भने , ११६ को मृत्यु भएको छ ।







