गणेश अर्याल । इलामको रोङ गाउपालिकाले कोभिडको जोखिम बढेको बर्तमान अवस्थामा रोग ब्यवस्थापनको लागि केही काम सुरु गरेको छ ।
सोमबार बसेको सर्बदलीय बैठकले हाल ५ शैयामा रहेको इरौटारको कोभिड अस्पताललाइ शैया बिस्तार गर्ने भएको छ । ५ नम्बर वडा कार्यालय नजिकै रहेको सो अस्पतालको क्षमता बिस्तारको लागि वडा कार्यालयलाई तत्कालै अन्यत्र कतै भाडामा घर खोजेर कार्यालय सार्ने निर्णय भएको छ ।
वडा कार्यालय अन्यत्र सारे पछि कम्तिमा २० बेड क्षमताको अस्पताल हुन सक्ने भएकाले सर्बदलीय बैठकले यस्तो निर्णय भएको गाउपालिका अध्यक्ष समसेर राईले बताए ।
त्यसैगरी कोरना लागेकाहरु होम आइसुलेसनमा बस्दाको अवस्था के कस्तो छ ? थप केही सहयोग गर्नुपर्ने भयो भने कसरी सहयोग गर्न सकिन्छ भनेर क्वीक रेस्पन्स टिम (क्यु आर टी ) गठन गरेको छ । गाउपालिका अध्यक्ष समसेर राईको सम्योजकत्वमा उपाध्यक्ष चन्द्रकला राई, बिपत ब्यवस्थापन समितिका सम्योजक, स्वास्थ्य समितिका सम्योजक, सबै राजनितिक दलका प्रतिनिधिहरु सहितको समिति गठन भएको छ ।
समितिले कोरना सक्रमितलाई अस्पताल पु¥याउनु पर्ने अवस्थादेखि आइपर्ने सबै काममा चाढो निर्णय गर्नुपने अवस्था भएमा गर्न सक्ने छ । त्यसैगरी कोरनाबाट मृत्यु भएमा सब ब्यवस्थापनको लागि हासपोखरी नजिकैको सुनाखरी सामुदायिक बनलाइ छनौट गर्ने समेत निर्णय भएको गाउपालिका अध्यक्ष राईले बताउनु भयो ।
सर्बदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष खड्ग आलेमगर नेपाली काग्रेस बाट पार्टी सभापति देबि अर्याल नेकपा माओबादी केन्द्रबाट देउकुमार राई र भक्त खवास को सभापतित्व रहेको थियो । त्यसैगरी सुनाखरी सामुदायिक बनका प्रतिनिधिहरु लगायतका स्थानीयबासीलाई समेतको सहभागितामा बैठक सम्पन्न भएको अध्यक्ष राईले बताए ।
हाल सम्म कोरनाको सक्रमितहरु रोङ गाउपालिका स्थीत होम आइसुलेसनमा नै रहेका छन् तर जटिल अवस्था भएमा अस्पताल लैजान पर्ने अवस्था हुन सक्छ । त्यस्तो अवस्थाको लागि गाउपालिकाले आफ्नो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी गाडीको रुप परिबर्तन गराइ सकेको छ ।
तर अस्पताल सञ्चालनको लागि एमबिबिएस डाक्टर आवस्यक पर्ने भए पनि हाल सम्म उपलब्ध नभएकाले केही समय लागे पनि छोटो प्रकृया बाट भएपनि डाक्टर ल्याएर सेवा सुरु गर्ने गाउपालिका अध्यक्ष राईले बताउनु भयो । वडामा जिम्बेवारी पठाइसकेको जानकारी भएकाले उपयुक्त घरको खोजी भइरहेको वडा कार्यालय श्रोत बाट जानकारी आएको ले छिटै अस्पताल सञ्चालनहुने रोङबासीले अपेक्षा राखेका छन् ।







