काठमाडौं । छापावाल सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ । सोमबार तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्य सोमबार ५१ हजार पँच सय रुपैयाँ पुगेको छ ।
देशका प्रमुख शहरहरूमा निषेधाज्ञाका कारण सुन चाँदीको कारोबार भने ठप्प प्राय रहेको महासंघले जनाएको छ ।
Advertisement







