काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलको दम्भको कारणले पार्टी एकता जोगाउन असफल भएको नेता माधवकुमार नेपाल समूहले निष्कर्ष निकालेको छ।
आफ्नो समूहले दिएको समयसीमाभित्र ओलीले कुनै प्रतिक्रिया नआएको हुनाले सामूहिक राजीनामाको तयारी भइरहेको नेता झपड रावलले बताए।
‘ओलीको दम्भको कारणले पार्टी एकताको सम्भावना करिब टुंगिएको छ। अहिले छलफल चलिरहेको छ। हामी सामूहिक राजीनामाको अन्तिम तयारीका छौँ’ उनले भने।
Advertisement
प्रधानमन्त्री ओलीले आजै संसद्मा विश्वासको मत लिँदैछन्। माधव समूहले पार्टी एकता जोगाउनका लागि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्कनुपर्ने अडान राख्दै आएको छ। तर, ओली आफ्नो निर्णय फिर्ता लिने मनस्थितीमा छैनन्।







