• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मजदूर आन्दोलनको सम्झनामा अन्तर्राष्ट्रिय श्रमिक दिवस


  •    संवाददाता/ शनिबार, बैशाख १८, २०७८  

  • बैशाख १८, काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।

    औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् ।

    Advertisement

    यसैबीच, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतले शुभकामना दिएका छन् । उनीहरुले श्रमिकको अधिकार रक्षाको माग गर्दै कोरोना संक्रमणको त्रासबाट बच्न सबैसँग आग्रह गरेका छन् ।

    Advertisement

    श्रमिक तथा मजदुर वर्ग कोरोनाको महामारीका सबैभन्दा बढी समस्यामा परेको भन्दै उनीहरुले अहिले महामारीको दोस्रो लहर तिब्र गतिमा बृद्धि भइरहेकाले लकाडाउन तथा निषेधाज्ञा जारी हुँदा देश विदेशमा काम गरिरहेका श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएको बताएका छन् । “श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएकाले उनीहरुले आफ्नो दैनिक जिविकोपार्जनमा समेत कठिनाई भोग्नुपरेको छ । राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि महत्वपूर्ण भूमिका रहेको श्रमिक तथा मजदुरको हक हितका लागि सरकार गम्भीर हुनुपर्दछ । त्यसकारण नेपाल सरकारले कोरोनाको समस्याबाट प्रभावित श्रमिक तथा मजदुरको उचित व्यवस्थापन तथा रोजगारीका लागि विशेष कार्यक्रम ल्याउनु पर्दछ,” राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले श्रमिक वर्गका अगाडि कोभिड–१९ सँगै भोकमरीबाट बाँच्नु पर्ने चुनौती रहेको बताएका छन् । “कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था छ । रोजगारीका लागि देश बाहिर पुगेका हजारौं नेपाली श्रमिकहरु रोजगारी गुमाएर स्वदेश फर्किरहेका छन । यस्तो कठिन अवस्थामा राज्यका तर्फबाट श्रमजीवी मजदुर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउनु आवश्यक छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।

    अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

    सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो । विश्वका मजदुरले सो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.