• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आईपीएलमा कोलकाताको दोस्रो जित


  •    संवाददाता/ मङ्गलबार, बैशाख १४, २०७८  

  • १४ वैशाख, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा दोस्रो जित हात पारेको छ ।

    सोमबार भएको खेलमा पन्जा किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकता अन्तिम स्थानबाट फड्को मार्दै पाँचौ स्थानमा उक्लेको छ ।

    Advertisement

    ६ खेलबाट कोलकाताको ४ अंक छ । साथै कोलकाताले लगातार चार हारको शृंखला पनि अन्त्य गरेको छ । ६ खेलबाट समान अंक भएपनि रनरेटमा पछि पर्दै पन्जाब छैटौं स्थानमा झरेको छ ।

    Advertisement

    अहमेदावादमा भएको लो स्कोरिङ खेलमा पन्जाबले दिएको १२४ रनको लक्ष्य कोलकताले १६।४ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । १७ रन हुँदा ३ विकेट गुमाए पनि कप्तान आयोन मोर्गन र राहुल त्रिपाठीले ७६ रनको साझेदारी गर्दै कोलकाताको इनिङ्स सम्हालेका थिए ।

    मोर्गनले ४० बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा अविजित ४७ रन बनाए । यस्तै त्रिपाठीले ३२ बल खेल्दै ७ चौका मद्दतमा ४१ रन योगदान गरे । दिनेश कार्तिक १२ रनमा अविजित रहे ।

    मोइसेस हेनरिक, मोहम्मद शामी, अर्शदिप सिंह र दीपक हुडाले १–१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएको थियो । पन्जाबका लागि ओपनर मायंक अग्रवालले सर्वाधिक ३१ रन बनाए ।

    यस्तै लोअर अर्डमा क्रिस जोर्डनले १८ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडे । कप्तान लोकेश राहुल र निकोलस पुरनले समान १९ रन जोडे । कोलकताका प्रसिद कृष्नाले ३ विकेट लिए ।

    यस्तै प्याट कमिङ्स र सुनिल नारिनले २–२ तथा शिभम मावी र वरुन चक्रवर्तीले समान १ विकेट लिए ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.