• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपालमा वर्षा र हावाहुरीले वायु प्रदूषण केही घट्यो


  •    संवाददाता/ शनिबार, चैत २८, २०७७  

  • काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही कम भएको छ ।

    गएराति काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेको थियो । वायु प्रदूषण मापन गर्ने नेपालको एक्यूआई अहिले १५० भन्दा तल झरेको छ ।

    Advertisement

    यो लक्षित समूहहरुका लागि अस्वस्थ अवस्था हो । नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो ।

    Advertisement

    आज फेरि सुधार भएर निश्चित समूहका लागि मात्रै अस्वस्थ अवस्थामा आइपुगेको हो । यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घरोगीहरुले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

    केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४७० एक्यूआईमा पुगेको थियो ।

    तर, नेपालगञ्जको प्रदूषण भने कम हुन सकेको छैन । नेपालगञ्जको एक्यूआई एक सय ६९ मापन गरिएको छ । यो अति अस्वस्थ अवस्था हो ।

    यस्तै, हिजो हावाहुरीसहित पानी परेपछि आज देशका धेरैजसो ठाउँको मौसम खुलेको छ । हिजो राति देशका धेरै ठाउँहरुमा हावाहुरीसहित पानी परेको थियो ।

    अस्तिदेखि नै परेको पानीले मौसममा बिस्तारै सुधार हुँदै गइरहेको मौसमविद् गंगा नगरकोटीले बताए ।

    हिजो रातिको पानीले आज प्रदेश १ र देशको पहाडी भाग बाहेकका ठाउँहरुमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि मनसुन भएकाले आज पनि बेलुकीपख देशका पहाडी ठाउँहरुमा फाट्टफुट्ट पानी पर्न सक्ने मौसमविद् नगरकोटीको भनाइ छ ।

    हिजो गण्डकी, वाग्मती र प्रदेश(१ मा पानी परेको थियो । अहिले न्यूनचापीय मौसमी प्रणाली कमजोर बन्दै गएको र स्थानीय वायुको प्रभाव रहेकाले ठूलो पानी पर्ने सम्भावना भने कम रहेको उनले बताए।

    उज्यालो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.