• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विराट गोल्डकपको क्वाटरफाइनलमा रूपन्देहीलाई हराउँदै पञ्जाव पुलिस


  •    संवाददाता/ शनिबार, चैत २८, २०७७  

  • विराटनगर । गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस विराटनगरमा जारी विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४(२ गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो ।

    Advertisement

    संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमको एकरएक गोलको बराबारी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो ।

    Advertisement

    ट्राइब्रेकरमा भारतको तर्फबाट सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरीदेव सिंहले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए ।

    रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले मात्र गोल गरे । आशिष गुरूङ्गको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए भने अजित गुरूङ्गले गरेको प्रहार पोसमा लागेर बाहिरियो ।

    खेलको म्याद अफ द म्याच भारतको गोल रक्षक सतवीर सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

    दोस्रो हाफदेखि आक्रमक भएको रुपेन्देहीले खेलको ८०औं मिनेटमा शक्ति राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । लुइस भिदलले निकालिदिएको प्रिmकिक शक्तिले सदुपयोग गरेका थिए ।

    दोस्रो हाफममा गोल भएपछि भारत दबाबमा परेको थियो । तर, रुपन्देहीका लागि अग्रताको त्यो खुसी लामो समयसम्म टिक्न सकेन ।

    खेलको अन्त्य तिरमा रुपन्देहीका खेलाडी समालिन नसक्दा ९०औं मिनेटमा भारतका जितेन्द्र सिंहले हेडमार्फत गोल गरी खेल बराबरीमा ल्याए ।

    सरबजीत सिंहले निकालिएको पासलाई जितेन्द्रले हेडमार्फत जाली चुमाए । हरमिन्द्रको ठाउँमा मैदान प्रवेश गरेका जितेन्द्रले दोस्रो हाफपछि गोल गरेपछि खेल बराबरी भएको हो ।

    खेलको २२औँ मिनटमा भारतका सुशील यादवले फस्ट बार च्यापेर गरेको प्रहार बाहिरियो । खेलको ४१, ७३ र ८९औँ मिनेटमा पनि रुपेन्देहीले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको थियो ।

    भारतका प्रशिक्षक हरनेक सिंहले खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दा पनि नजिता ट्राइब्रेकरमा पर्खिनु परेको बताए । उनले दोस्रो खेलमा नयाँ रणनिती अपनाएर मैदानमा उत्रिने बताए ।

    यता रुपन्देहीका प्रशिक्षक जगुनाथ खड्काले गोल गर्ने अवसहरु खेर फाल्दा हार भएको बताए ।

    शनिबारको खेलमा विराटनगर महानगरपालिका ११ र युनाइटेड फुटबल क्बल पश्चिम बंगालबीच प्रतिस्पर्धा हुनेछ ।

    विराटनर ११ ले उद्घाटन खेलमा पाहुना टोली भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई २(१ गोलले हराएको थियो ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा, नर्वेको यात्रा समाप्त
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.