• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस आहा रारा गोल्ड कपको अन्तिम चारमा


  •    संवाददाता/ मङ्गलबार, चैत २४, २०७७  

  • कास्की । पोखरामा भइरहेको १९ औँ संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

    पोखरा रङ्गशालामा मङ्गलवार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई चार–शून्यले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । वाग्मती गोल्ड कपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर अफ्रिकन रुटसँगको भेट पक्का गरेको हो ।

    Advertisement

    सुरुवातबाट नै दबाब दिएर खेलेको पुलिसले खेलको २९ औँ मिनेटमा बुद्धबल तामाङले ‘वान टच’ मा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक–शून्यले पछि परेको थ्री स्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो ।

    Advertisement

    खेलको ६८ औँ मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । सुमन लामाले बायाँ डीबक्सतर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि ब्याक पास उपलब्ध गरे । तामाङले क्रस बार च्याप्दै गोल गरेपछि पुलिस अग्रता दोब्बर भयो ।

    खेलको ७४ औँ मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङले नेपाल पुलिसका लागि तेस्रो गोल गर्दा टोली फराकिलो नजितातर्फ अगाडि बढ्यो । ८६ औँ मिनेटमा सुमन लामाको पासमा सौजन राईले क्लिन फिनिशिङ गर्दै नेपाल पुलिसलाई चार–शून्यको अग्रतासँगै जित सुनिश्चित बनाए ।

    म्यान अफ दि म्याचको हकदार भने तेज तामाङ घोषित भए । बुधवार पहिलो सेमिफाइनल खेल सङ्कटा र एपीएफबीच हुनेछ ।

    उज्यालो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.