• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध


  •    संवाददाता/ मङ्गलबार, भदौ ३०, २०८३  

  • बेलायतमा विद्यालयको दिवाभोजनमा ‘डीप फ्राइड’ अर्थात् धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ ।

    यो एक दशकभन्दा धेरै समययता विद्यालयको खानासम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो । नयाँ मापदण्डअन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्द्धन गरिने बीबीसीले जनाएको छ ।

    Advertisement

    अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइने छ भने ‘ब्रेकफास्ट क्लब’ हरूले पहिलो पटक पोषणसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ भने विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ ।

    Advertisement

    ‘एसोसिएशन अफ स्कुल एन्ड कलेज लिडर्स’ (एएससीएल) ले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूलाई हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ ।

    सरकारले जनाएअनुसार यी परिवर्तनहरू सन् २०२७ देखि लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च व्यहोरिनेछ ।

    नयाँ मापदण्डअन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केकजस्ता गुलिया परिकारहरूलाई अब हप्तामा दुई पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा एक पटकमा सीमित गरिनेछ । साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफूलको एक भाग पनि अनिवार्यरूपमा तयार गर्नुपर्नेछ ।

    ह्याम, ससेज र चिकेन नगेट्सजस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफूल अनिवार्यरूपमा समावेश गर्नुपर्नेछ ।

    शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पु¥याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.