• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लाइसेन्स छपाई बन्द


  •    संवाददाता/ बुधबार, चैत ११, २०७७  

  • काठमाडौं । स्मार्ट कार्डको अभावले सवारी चालक अनुमति पत्र लाइसेन्स छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभावमा छपाई बन्द भएको हो । स्मार्टकार्ड नहुँदा ३ लाख १० हजार सवारी लाइसेन्स यातायात व्यवस्था विभागमै थन्किएका छन् ।

    यद्यपि, विदेश जानका लागि अत्यावश्यक छपाई भने गरिँदै आएको विभागले जनाएको छ । ‘स्टक’मा राखिएका ‘स्मार्टकार्ड’ सकिँदा लाइसेन्स छपाई कार्य अवरुद्ध भएको यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल बताउँछन् । स्कटमा राखेका स्मार्टकार्ड सकिदा लाइसेन्स छपाइमा समस्या आएको उनी बताउँछन् ।

    Advertisement

    कोरोना महामारीपछि नेपालमा स्मार्टकार्डको आयात हुन सकेको छैन । स्मार्ट कार्ड नेपालमा उत्पादन हुँदैन ।

    Advertisement

    उनले भने, “कोरोना महामारी पछि नयाँ स्मार्ट कार्ड खरिद गर्ने प्रक्रिया अघि बढाउन सकिएन । नयाँ लाइसेन्स छाप्ने मेसिन नहुँदा समस्या भएको थियो । अहिले नयाँ मेसिन त आयो तर, स्मार्टकार्ड छैन् ।”

    पाँच लाख नयाँ आवेदन

    विभागका अनुसार कोरोना महामारीपछि मात्रै पाँच लाख सेवाग्राहीले लाइसेन्सका लागि नयाँ आवेदन दिएका छन् । कोरोना महामारीमा बन्द भएको सवारी लाइसेन्स आवदेन गत पुस १४ गतेबाट सुरु गरिएको थियो ।

    हालसम्म ट्रायलको परीक्षा दिने मध्ये चार हजार पाँचसयले पास गरेका छन् । ट्रायलको परीक्षा लिने क्रम भने रोकिएको छैन । एक पटक लिखित परीक्षा पास गरेपछि १८ महिनासम्म ट्रायल दिन पाउने व्यवस्था छ ।

    ९० दिनभित्र उपलब्ध हुनेगरी नयाँ टेण्डर

    स्मार्ट लाइसेन्स कार्ड ९० दिनभित्र उपलब्ध हुनेगरी नयाँ टेन्डर जारी गरिएको इञ्जिनयर पोखरेल बताउँछन् । उनले भने, “स्मार्टकार्ड आएपछि लाइसेन्स छपाई सुरु गर्छौं । अहिले हामीले विदेश जाने लगायत अत्यावश्यक सेवाग्राहीलाई मात्रै सवारी लाइसेन्स उपलव्ध गराउन सक्छौँ ।”

    विभागका अनुसार ९० दिनसम्ममा नयाँ टेण्डर प्रक्रियाबाट स्मार्ट कार्ड आउने छ । त्यसपपछि लगत्तै छपाई सुरु हुने छ । छपाई सुरु भएपछि ट्रायल पास गरेको एक महिनाभित्र लाइसेन्स वितरण गर्ने विभागको दाबी छ ।

    फ्रान्सेली कम्पनीसँग विभागले १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउने गरी सम्झौता गरिसकेको छ ।

    बाह्रखरी

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.