• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अल्पमतका ओलीले एमाले छाडे हुन्छ ; नेता नेपाल


  •    संवाददाता/ मङ्गलबार, चैत १०, २०७७  

  • काठमाडौं । नेकपाको विधिवत् अन्त्यसँगै विवादको डढेलो एमालेमा सल्किएको छ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले एमालेका नेता माधवकुमार नेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै विवाद थप चर्किएको हो ।

    Advertisement

    गत चैत ४–५ गते उत्यकामा राष्ट्रिय कार्यकर्ता भेला गरेको खनाल–नेपाल पक्षले जनसंगठनको भेलालाई तिव्रता दिएको छ ।

    Advertisement

    खनाल–नेपाल समूहले मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा विद्यार्थीहरुको राष्ट्रिय भेला आयोजना गर्‍यो ।

    अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौतीपूर्ण केही सन्देश दिएका छन् ।

    उनले आफूहरुलाई पार्टीबाट निकाल्न हाँक दिँदै ओलीलाई नै पार्टी छाडेर जान आग्रह गरे ।

    एमालेले नेपालसहितका नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण दिन सोमबार पत्र थम्याएको थियो ।

    एमाले महासचिव ईश्वर पोखरेलले सोमबार पार्टी विरोधी काम गरेको भन्दै १० वटा आरोप लगाएर पत्र पठाएका थिए ।

    कार्यक्रममा नेता नेपालले त्यसलाई कथित स्पष्टीकरणको संज्ञा दिए । नेता नेपालले आफूहरु सहजै ओलीसँग नझुक्ने सन्देश पनि दिएका छन् ।

    “पार्टीबाट चुप लागे पनि सहेर बसिदिनुस् । के हामी त्यही बाटोमा जाने हो रु के घुँडा टेक्ने बाटोमा हामी जाने हो रु हामी आत्मसमर्पणको बाटोमा जाने हो रु,” आफूले ओलीले गरेको कारबाही स्वीकार गरेर बस्न सुझाव आएको सुनाउँदै उनले प्रतिपश्न गरे,“टाङमुनि छिर्ने बाटोमा जाने हो रु यो कुरा हामीलाई किमार्थ स्वीकार्य छैन । केपी ओलीको कथित स्पष्टीकरणबाट हामी आतंकित भएका छैनौं । त्यसको सामना गर्न तयार छौं ।”

    नेपालले आफूलाई कारबाहीका लागि स्पष्टीकरण सोधिएको उल्लेख गर्दै सके पार्टीबाट निकाल्न चुनौती दिए ।

    “हिम्मत छ निकाल्ने रु निकाल्नुस् त । सहेर बसिन्छ रु हामी लत्रिएका छैनौं,” नेता नेपालको चेतावनी थियो ।

    ओलीलाई सुझाव– पार्टी छाडेर गए हुन्छ

    आफूलाई कारबाही गर्ने स्पष्टीकरण सोधेका अध्यक्ष औलीलाई नै पार्टी छाडेर जान सुझाव दिए । एमाले आफूहरुको भएको भन्दै उनले ओली एमाले नभएको जिकिर गरे ।

    “नेकपा एमाले हाम्रो हो । केपी ओलीको होइन । अब केपी ओलीले जालझेल गरे भने कानुनी हिसाबले विचार गरौंला,” नेपाल भन्छन्, “होइन भने नेकपा एमाले हाम्रो हुन्छ । उनी विमाले, सिमाले हुनेछन् । पार्टी छाडेर गए हुन्छ ।”

    अनि नेपालले औंला भाँचे

    “अध्यक्ष ओलीले धमाधम अधिकार आफू मातहत ल्याएर शक्तिशाली बनिरहेका छन् आफ्नो बहुमत रहेको भन्दै एकपछि अर्को निर्णय गरिरहेका छन्,” नेता नेपालले भने, “गत फागुन २८ गते र चैत ७ गते केन्द्रीय कमिटी बैठक राखेर विधान संशोधन गरेका छन् । पदाधिकारी खारेज गर्दै महाधिवेशन आयोजक कमिटी बनाइसकेका छन् । पार्टी विधान विपरीत भएको भन्दै खनाल–नेपाल समूहले उक्त केन्द्रीय कमिटी बैठक बहिष्कार गर्‍यो । सोही बैठकमा किन उपस्थित नभएको भन्दै ओलीले उनीमाथि प्रश्न तेर्स्याएका छन् ।”

    कार्यक्रममा नेता नेपाले आफूहरुसँग बहुमत रहेको भन्दै औंला भाँचे । नेता नेपालले उपाध्यक्ष वामदेव गौतम पनि आफ्नै पक्षमा रहेको जिकिर गरे ।

    नेता गौतम भने नेकपा राजनीतिक रुपमा विभाजित हुँदा पार्टी एकता राष्ट्रिय अभियानमा थिए ।

    अदालतको फैसलाले एमाले ब्यूँतिएपछि पनि उनी पार्टी एकताकै अभियानमा रहेको बताउँदै आएका छन् ।

    कुनै पनि बैठक भेलामा सहभागी नभएका गौतम गत शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा भने सहभागी थिए । तथापी गौतम कुनै पनि समूहमा नरहेको उनको सचिवालयले जिकिर गर्दै आएको छ । कार्यक्रममा नेता नेपालले आफूसँग बहुमत शक्ति रहेको सुनाए ।

    “पदाधिकारीमा पनि हामी १० जना छौँ । म र झलनाथ कमरेड वरिष्ठ नेता छौँ । उपमहासचिव घनश्याम भुसाल गरेर ३ जना । ४ जना उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र वामदेव कमरेड पनि हाम्रै साथमा हुनुहुन्छ । ३ जना सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य गरी १० जना हामी छौं,” नेता नेपालले हिसाब सुनाउँदै भने, “केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ पाँचजना मात्रै छन् विचराहरु १ स्थायी कमिटीमा हामी २२ जना छौं । १२ जना हाम्रो पक्षमा १० जना उनको पक्षमा अनि किन भंग नगरुन् सबै कमिटी रु”

    त्यस्तै नेता नेपालले पोलिटब्यूरो र केन्द्रीय कमिटीमा पनि आफूहरु नै बलियो रहेको दाबी पेस गरे ।

    “पोलिटब्यूरो ४४ जनाको छ । २४ जना हाम्रो पक्षमा छन् । केन्द्रीय कमिटीमा ओलीका ९० जना छन् । वामदेव कमरेडले साथ दिने बितिक्कै हामी ९७ जना छौँ । त्यसो हुनाले बाटोमा हिँड्दा हिँड्दै २३ जना केन्द्रीय कमिटीमा थपिएछन्,” नेपालले भने ।
    फागुन २८ गते बसेको केन्द्रीय कमिटीले माओवादी केन्द्रका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो ।

    नेपालको सन्देश– पार्टी नफुटाउने, संघर्ष गर्ने

    नेता नेपाले आफूहरुले पार्टी नफुटाउने स्पष्ट सन्देश दिएका छन् । उनले आफूहरु संघर्ष गरिरहने तर पार्टीबाट नबाहिरिने बताए । नेता नेपालले ओलीको स्पष्टीकरणपत्रबाट तर्सिएर मैदान छाड्ने र पार्टी फुटाउने पक्षमा नरहेको प्रष्ट पारेका हुन् ।

    राष्ट्रिय भेलालाई निरन्तरता दिने

    खनाल– नेपाल समूहले जननवर्गीय संगठनको भेलालाई निरन्तरता दिने रणनीति बनाएको छ ।

    जबज र ओली कहिल्यै भेट भएको थियो

    कार्यक्रममा नेता नेपालले ओलीले प्रचार गरे पनि जनताको बहुदलीय जनवाद ९जबज० को हिमायती आफूहरु रहेको जिकिर गरे । उनले जबज र ओलीको भेट कहिले भएको थियो भन्दै प्रश्न गरे । नेता नेपालले ओलीलाई हिटलरको नेपाली अवतारको संज्ञा पनि दिए ।

    “जनताको बहुदलीय जनवाद र केपी ओलीको कहिल्यै भेट भएको थियो । अहिले भेट भएको छ,” उनको प्रश्न थियो, “अब केपी ओली जनताको बहुदलीय जनवादको मान्यतामा अघि बढिरहेका छन् ।

     

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.