• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आर्थिक प्रलोभनमा पारेर १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटना संसदमा प्रवेश


  •    संवाददाता/ मङ्गलबार, साउन २६, २०८३  

  • सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर उनको डिम्ब (ओभम) निकालिएको गम्भीर घटनाबारे चर्चा भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद स्मृति सेञ्चुरीले यो संवेदनशील घटनाबारे सदनको ध्यानाकर्षण गराएकी हुन् ।

    Advertisement

    सांसद सेञ्चुरीका अनुसार गएको साउन १४ गते ती किशोरीलाई ३० हजार रुपैयाँको प्रलोभन देखाई राधिका गोतामे, प्राशन अधिकारी र डाक्टर नुतन शर्मासहितको समूहले डिम्ब निष्कासन गराएका थिए ।

    Advertisement

    बालिकाको महिनावारी चक्र ट्रयाक गरी १० दिनसम्म हर्मोनल इन्जेक्शन दिएर डिम्ब निकालिएको थियो । डिम्ब निष्कासनपछि स्वास्थ्यमा गम्भीर समस्या आई बालिका बेहोस हुने, पेट र कम्मर दुख्ने तथा बान्ता हुने भएपछि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । परीक्षणका क्रममा चिकित्सकहरूले बालिकाको डिम्ब निकालिएको पुष्टि गरेका हुन् ।

    यस सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत उजुरी दर्ता भए पनि आरोपीहरूलाई सामान्य जिम्मा जमानीमा छाडिएको र उनीहरूले पीडितलाई धम्की दिइरहेको सांसद सेञ्चुरीको आरोप छ । उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही र पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेकी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.