विद्यार्थीलाई अध्यपानसँगसँगै विकास र अभिभावकबीच रचनात्मक काम गर्दै आएको आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले विद्यार्थी तथा अभिभावकलाई ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजले आयोजना गरेको कार्यकममा बिर्तामोड मेडिकल हलका सञ्चालक अशोक चौधरी, सुरुवाती कोठा नेपाल झापा, आदर्श हस्पिटालिटी तथा निदी सेकेन्डरी स्कुलको सहकार्य र समन्वय रहेको थियो ।
आदर्श कलेजका संस्थापक प्रल्हाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी तथा नागरिकको प्रत्यक्ष जीवनमा अपरिहार्य रहेको मानसिक स्वास्थ तथा लागूऔषध दुव्यर्सन न्यूनीकरणमा विद्यार्थी र अभिभावकको भुमिकालाई महत्त्वपूर्ण तवरले लिनुपर्ने आजको दिनको एक प्रमुख विषय वस्तु बन्दै गएको बताइएको छ ।
मानसिक स्वास्थतर्फ डाक्टर सन्दर्भ अधिकारी र लागूऔषधतर्फ रि बर्थ पुर्स्थापन केन्द्रका सस्थापक राजु गिरीले विद्यार्थी तथा अभिभावकलाई सहजीकरण गरेका थिए ।







