• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकाहरुलाई पुर्खाद्वारा आर्जित सीप उचाइमा लैजाने काम गर्न प्रधानमन्त्रीको सुझाव


  •    संवाददाता/ सोमबार, चैत ०९, २०७७  

  •  

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरुलाई पुर्खाद्वारा आर्जित ज्ञान सीप र स्रोत नयाँ उचाइमा लैजान गरी काम गर्न अभिप्रेरित गरेका छन् ।

    Advertisement

    बालबालिका सम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्याहरु र आफ्ना सुझावहरु दिनका लागि देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटारमा  आइपुगेका बालबालिकाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाहरुलाई पुर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र आफूले पनि त्यसमा थप योगदान गर्न तत्पर रहनुपर्ने बताए।

    Advertisement

    ‘तपाईहरुले सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनुपर्छ’, प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो काम प्रति इमान्दार रहन सम्झाउँदै पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमान्दार ढंगले सहभागी हुन सुझाव दिएका छन् ।

    साथै उनले नेपालका बालबालिकाहरु ज्ञानमा निपूण तथा आविष्कारक पुर्वजको सन्तती भएको उल्लेख गर्दै मेहेनत गरेमा जुनुसुकै काम गर्न पनि बालबालिकाहरु सक्षम हुने पनि बताए । पुर्वजहरुले ज्ञान विज्ञानका धेरै कुरा आविष्कार गरेर अहिलेका मानिसलाई सजिलो पारिदिएको पनि उनले बताएका छन् ।

    ‘त्यस्ता ज्ञानी पुर्खाको सन्तान हामीले मेहेनत गरेर प्रगति गर्नुपर्छ’, प्रधानमन्त्रीले बालबालिकाहरुलाई भनेका छन् ।

    बालबालिकाको क्षेत्रमा कामगर्ने सँस्थाहरुको समूह कन्र्सोटियम नेपालद्वारा आयोजित उक्त कार्यक्रममा बालबालिकाहरुले परिवार र समाजमा बालमैत्री वातावरण बन्नु पर्ने, विद्यालय व्यवस्थापन समितिसहित स्थानीय तहका बालबालिकासम्बन्धी संरचनाहरुमा बालक्लवहरुका बालबालिकाहरुको अनिवार्य र अर्थपुर्ण प्रतिनिधित्व गराउनुपर्ने र बालमैत्री स्थानीय शासनलाई सबै स्थानीय सरकारहरुले लागु गर्नुपर्ने सुझाव उनीहरुले दिएको छन् ।

    यसैगरी स्थानीय निकायहरु बालमैत्री घोषणा हुनु सुझाव उनीहरुको छ । यसका लागि बालमैत्री स्थानीय शासन सम्बन्धी परिमार्जित राष्ट्रिय रणनीति मन्त्रीपरिषद् पारित हुनु पर्ने माग पनि उनीहरुले गरेका छन् ।

    यसैगरी स्थानीय तहले बाल सहभागिता प्रवद्र्धन, बालबालिकाको समान विकासका लागि समावेशी सहभागिता सुनिश्चित गर्न बजेट छुट्याउनु पर्ने सुझाव पनि बालबालिकाहरुले प्रधानमन्त्रीलाई दिए यसैगरी विद्यालयमा कम बोल्ने बालबालिकाहरुको सहभागितालाई प्राथमिकता दिनु पर्ने र स्थानीय तहमा बाल भेला नियमित र प्रभावकारी रुपमा कार्यान्वनय गराउनु पनेै माग पनि उनीहरुको छ ।

    यसैगरी सबै बालबालिकालाई सन्तुलित र पौष्टिक आहारको सुनिश्चिता हुनुपर्ने परिवार र विद्यालयमा जंक फुडको प्रयोगलाई पूर्ण निषेध गर्नुपर्ने सुझाव समेत उनीहरुले दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.