पर्यटन पत्रकार मञ्च झापाको अध्यक्षमा कमलप्रसाद पाण्डे (बिनोद) निर्वाचित भएका छन् ।
झापाको बिर्तामोडमा शनिबार भएको मञ्चको प्रथम अधिवेशनबाट पाण्डे अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा पुष्प बराल, सचिवमा हिमाल खरेल, सह-सचिवमा तीलक योन्जन र कोषाध्यक्षमा प्रकाश बानियाँ सर्वसम्मत निर्वाचित भएका छन् ।
Advertisement
त्यसैगरी सदस्यमा प्रेमकुमार आचार्य, बिष्णु श्रेष्ठ, निश्चल आचार्य र टीकाराम बास्तोला सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक लीला बरालले जानकारी दिए ।
निर्वाचन समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेले नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेका थिए ।







