झापाको गौरीगञ्ज गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ६:३० बजे गौरीगञ्ज गाउँपालिका-३ स्थित सयपत्री टोल बस्ने चन्द्रमाया श्रेष्ठको घरमा डेरा लिई बसोबास गर्दै आएका भोजपुर आमचोक गाउँपालिका-९ निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको हो ।
स्थानीयका अनुसार बिहान खेतबारीमा आली तास्ने काम गरिरहेका श्रेष्ठमाथि अचानक चट्याङ परेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
Advertisement
उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







