झापाको बिर्तामोड-१ मा अवस्थित बीवाइडी गाडीको सर्भिस सेन्टरमा आगलागी भएको छ ।
बिर्तामोडको पश्चिम बस स्टेण्ड छेउमा विकास बस्नेतले सञ्चालन गर्दै आएको सर्भिस सेन्टरमा आज बिहान ४ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट विभिन्न मोटर पार्टसहरु जल्दा अन्दाजी ६० लाखको क्षति भएको जनाइएको छ ।
Advertisement
बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ५:१० बजे आगो नियन्त्रणमा आएको थियो ।







